मेलम्ची ।

हेलम्बु हुँदै अाएकाे बाढीले ईन्द्रावती करिडोरमा ठूलाे क्षति भएकाे अाँकलन गरिएकाे छ । आज भएकाे अविरल बर्षाका कारण अाएकाे बाढी र पहिरोमा कम्तीमा ७ जना बेपत्ता भएकाे अनुमान गरिएकाे छ ।

हेलम्बुदेखि मेलम्ची मुनीसम्म भागाभाग रहेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकाेटाले जानकारी दिए ।

नदि छेउछाउका घर टहरा सबै बगाएकाे र नदि आसपासका माछा पालान ब्यावसाय सबै बगाएकाे स्थानियले बताएका छन ।

स्थानियका अनुसार अहिले हेलम्बुको चनौटे बजार बाटै नदि बगेको र बिधुत आपूर्ति बन्द भएकाे छ ।

अम्बाथानकाे सशस्त्र क्याम्प पनि जाेखिममा रहेकाे डिएसपी सापकाेटाले जानकारी दिए ।

बिस्तृत विवरण अाउन बाँकी रहेकाे प्रहरीले जानकारी दियाे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!