मेलम्ची ।

मेलम्ची खाेलामा अाएकाे बाढीले सदरमुकाम चाैतारा जाेड्ने पक्कि पुल बगाएकाे छ । राति करिब पाैने २ बजेकाे समयमा चाैताराबाट नवलपुर हुँदै सवारी बाट मेलम्ची जाेड्ने पुल बाढीले भत्काएकाे हाे ।

बाढीले गरेकाे प्रारम्भिक क्षतिहरुमा हेलम्बुकाे नाकोते पुल, मेलम्ची खानेपानीको हेडवक्स, तिम्बु बजार, चनौटे बजार, खोला किनारका ८ माछा फर्महरु, खेती योग्य जमिन, अामा ह्याेल्माे बसपार्क, सिटि पार्क रहेकाे स्थानीयले जनाएका छन् ।

मेलम्ची बाढीबाट बिस्थापित भएकाहरू अधिकांशले अाजकाे रात खुला अाकाशमा बिताएका छन् । बाढीकाे जाेखिम झनै बढेपछि सुरक्षित स्थान खाेज्दै बिस्थापितले रात कटाउने तर्फ लागेका हुन् ।

हेलम्बुका किउलबासी घरमाथि रहेकाे बारीकाे पाटालाई अाश्रय लिएर सुरक्षित स्थानमा सरेकाे किउलका अर्जुन भण्डारीले जानकारी दिए । खाेलाकाे वहाव अझै उस्तै रहेकाले गाउँवासीमा त्रास अझै बढेकाे स्थानियले जानकारी दिए ।

प्राप्त सुचना अनुसार मेलम्चीवासीले आजकाे रात ज्यान जाेगाउन नगरपालिकाकाे कार्यालयकाे प्रांगण, शेरा फाँट, ईन्द्रावती क्याम्पसलाई रात कटाउने थलाेका रूपमा लिएका छन् ।

बाढीले दर्जनाैं बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । बिद्युत अापुर्ती बन्द भएकाले उद्दार गर्न सकिएकाे छैन । कति क्षति भयाे भन्ने एकिन हुन सकेकाे छैन ।

मेलम्ची अायाेजनाकाे काम गर्नेहरू बस्ने चाईनिज क्याम्पमा समेत बाढी पसिसकेकाे छ । अम्बाथानकाे सशस्त्र क्याम्प पनि जाेखिममा रहेकाे डिएसपी सापकाेटाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!