मेलम्ची ।
सिन्धुपाल्चाकको हेलम्बु र पाँचपोखरीका फरक दुुई नदिबाट उर्लिएको बाढीले इन्द्रावती करिडोरमा मानवीय क्षतिसहित अरबौंको क्षति गराएको छ । १ जनाकाे शव फेला परेकाे प्रहरीले जनाएकाे छ । बाढीले संयौं घरटहरा, कृषि फर्म, सवारी साधन, सडकलगायत संरचना बगाएको हो ।

बाढीले मेलम्ची नगरपालिकाको पर्यटन समृद्धिको आधार बहुप्रतिक्षित सिटि पार्क क्षणभरमै विलय भएकाे छ। १२ करोड लगानीमा निर्माणाधिन सिटि पार्क उद्घाटन तयारीमा थियो । सिन्धुपाल्चोकको सदरमुकाम चौतारा र प्रमुख व्यापारिक केन्द्र मेलम्ची जोड्ने पक्की पुल बगाएको छ ।

बाढीले गरेको हेलम्बुको नाकोते पुल, मेलम्ची खानेपानीको आयोजनाको हेडवक्स स्थलमासमेत क्षति पुुुर्याएको छ । जिल्लाको पर्यटकीय गाउँ हेलम्बुको तिम्बुबजार, चनौटे बजारमा बाढी पसेको छ । हिजो खोलामा बाढी आएदेखि अबरुद्ध भएको विद्युत आपुर्ती सूचारु नहुँदा सञ्चार विच्छेद भएक कारण मेलम्ची बजारमाथिको अवस्था र क्षतिबारे अझै एकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिनधुपाल्चोकले जनाएको छ ।

करौडौं लगानीका टाउट माछा फार्म सबै बगाएको स्थानीयको भनाई छ । करिडोर नजिक रहेका रिसाेर्टका भवनसहित सबै सामाग्री इन्द्रावतीमा विलय भएको पीडितले बताए ।

बाढीले मेलम्ची बजारमा मात्रै झण्डै एक सय घर टहरामा क्षति पुर्याएको छ । संयौं रोपनी खेती योग्य जमिन नष्ट गरेको छ । मेलम्चीमा रहेका  आमा ह्योल्मो बसपार्कपुरै डुुवाउँदा सवारी साधन र बसपार्कमा रहेका होटलहरुको नामोनिसान देखिदैन ।
बाढीले  धेरै बेपता भएको आशका गरिएको छ । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र हेलम्बु हुँदै आएकाको बाढीले हेलम्बु गाँउपालिकाको तिम्बु र चनौटे बजारमा डुबानमा परेको छ ।

अविरल बर्षाका कारण उर्लदों खोलाले घर कटान गर्ने सम्भावना भएकाले नदि करिडोरका बासिन्दा माथि माथि सरेर ज्यान जोगाउनेतिर लागेका छन् । रातमा हेलम्बुका किउलबासी घरमाथि रहेको बारीको पाटालाई आश्रय लिएर सुरक्षित स्थानमा सरेका छन् । खोलाको वहाव अझै उस्तै रहेकाले गाउँवासीमा त्रास अझै बढेको छ । ग्याल्थुमवासी पनि भागदौडपछि बस्तीमाथि सरेका छन् ।

यता मेलम्ची बजारका स्थानीय आफ्नो थलो छाडेर सार्वजिक जग्गामा बसेका छन्। मेलम्चीवासीले रात ज्यान जोगाउन नगरपालिकाको कार्यालयको प्रांगण, शेरा फाँट, ईन्द्रावती क्याम्पसलाई रात कटाउने थलोका रूपमा लिएका छन् । उनीहरुलाई गास र बासको व्यवस्था नगरपालिकाले गरिरहेको छ ।

विस्थापितको व्यवस्थापन, बेपत्ताको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, स्थानीयवासी र विभिन्न दलका नेताहरुसमेत लागिपरेका छन् । विस्थापितको सहज बास लगाएयत उनीहरुकाे छिटै ब्यवस्थापन गरिदै आइएको छ ।

१ सय ४५ जनाको ज्यान जानेगरि गएको २०७१ साल को जुरै पहरोदेखि सिन्धुपाल्चोकले हरेकवर्ष विपत्ति सहँदै आएको छ । विभिन्न समय र स्थानका स्थानीयवासीले आफूहरु बसेको ठाउँ जोखिमग्रस्त भएकाले सुरक्षित स्थानमा सारिदिन स्थानीय प्रशासनसँग आग्रह गरेपनि वेवास्ता हुँदै आएकै कारण बर्षेनी सिन्धुपाल्चोकले विपत पीडा भोग्न बाध्य छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!