
मेलम्ची ।
पहिरोले खोला थुनिँदा मेलम्चीमा बाढी गएको पुष्टि भएको छ । बाढी पूर्वानुमान महाशाखाले साे कुरा जनाएको हाे ।
१ असारमा मेलम्ची घ्याङमा पहिरो जाँदा मेलम्ची खोला एक घण्टा थुनिएको र बाँध फुटेर मेलम्चीमा बाढी गएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । केन्द्रका अनुसार शेर्माथाङ क्षेत्रमा १८.८ मिलिमिटर वर्षा भएको थियो ।
पहिरोले थुनिएको खोला विष्फोट हुँदा मेलम्ची क्षेत्रमा ढुंगा, माटो र लेदोसहितको बाढी आएको थियो । यही लेदोले पानीको सतह बढेपछि मेलम्ची बजार क्षेत्र डुबानमा परेको हो ।