फुलमान तामाङ, हेलम्बु ।

हेलम्बु गाउँपालिकाको बाढी पिडित घरपरिवार लाई नेपाल स्याङकचुरी चर्च सिन्धुपाल्चोकले आर्थिक सहयोग गरेको छ।

हिजो गाउँपालिकाको ६० घरधुरी बाढी पिडितहरुलाई ३ हजार नगदको दरले आर्थिक सहयोग गरेको चर्चका संयोजक भिम तामाङले बताए।

संयोजक तामाङले बाढी पिडितहरुको पिडामा अलिकति भए पनि मलम लगाउन यो आर्थिक सहयोगले राहत हुने बताए।

संयोजक तामाङ का अनुसार सबैले खाद्यान्न दिए,दिर्घ रोगिहरुले औषधि नपाएको र अतिअवश्यक खालक बस्तुहरु पीडित को लागि आवश्यक देखिएकोले आर्थिक सहयोगले परिपुर्ति गरोस् भनेर सहयोग गरेको तामाङले बताए।

गत मंगलवार गाउँपालिकाकै भ्रेमाथाङमा गएको पहिरोका कारण आएको भिषण बाढीले हेलम्बु गाउँपालिका सडक सम्पर्कबाट बिच्छेद भयो र थुप्रै घरबरबिहिन हुन परेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!