
सिन्धुप्रेस, हेलम्बु ।
के के भएको थियो हेलम्बुमा ??
मिति २०७८/०३/०१ बिहान सुर्य संगै हेलम्बु पनि चम्किलो थियो। दिन राम्रो नै थियो। मानिसहरुहरु आफ्नो आफ्नो काममा व्यस्त थिए । साँझ हल्का सिमसिम बर्षा हुदै थियो। मेलम्चीको पानि खोलामा छाड्ने भएकाले मानिसहरुहरु खोला बढ्ने भन्दै सजग अनि अरु कुरा गर्दै थिए ,तर साँझ ७:१५,७:३० हुदै थियो सबै खाना खाने र सुत्ने तर्खरमा थिए ,एक्कासी खोला ठुलो आवाज निकाल्दै बहुला पारामा तमासा देखाउदै आयो ,भुकम्प भन्दा ठुलो हलचल अनि मानिसहरु तर्सित हुन थाले ,सबै जम्मा भए मेलम्ची को बहुला पन हेर्न थाले। म पनि माथिल्लो भेगका साथीलाई सम्पर्क गर्न लागेँ ,एकैछिनमा खोला ले बिध्वंस गर्दै तल इन्द्रावती बग्दै गरेको थाहा भयो। २,४ जना मानिसहरु बाढीले लागेको खबर पाइयो। रात भर खोला को तमासा हेर्दै बिहान भएको पत्ताे भएन।
मिति २०७८/०३/०२ गते अगिल्लो दिनको बाढीले के कती बिनास गर्यो भनेर सबै जना खोलाको बाटो तलमाथि गर्न लागे म पनि आफ्नो बाइक लिएर चनौँटे बजार तर्फ लागेँ। जादा जादै खोला ले के कति बिनाश गर्यो सजिलै अनुमान गर्न सकिन्थ्यो , खोला को लेबल भन्दा झन्डै २० ,२५ मिटर माथि सम्म बालुवा डुंगा लेदो थियो ,खोलाले आफ्नो बाटो गुमाएर यात्रा बिगारिसकेको रहेछ, करोडौको लगानीको माछा पालनको नाम निसाना थिएन। घर खेत कहाँ थियो छुटाउनै गारो हुन्थ्यो। चनौटे बजार पुग्दा बजार ,बजार थिएन यौटा कहालीलाग्दो खण्डहर थिए। पानि लेदो ले बजार भरिएका थिए । घरबाट खोला बगिरहेको थियो। घर छोडेर जंगलमा बास बसेकाहरु मलिन अनुहार मा आफ्नो घरहरु हेर्दै थिए । यस्तै दृष्य ग्याल्थुम र तालामाराँगमा पनि थियो। बिद्यालय ,घर खेत सब लगिसकेको थियो। रमितेको भिंडहरु खोलाका वरिपरि थिए । हेलम्बु मेलम्चीले क्षदबिक्षद पारिसकेको थियो।
१,२, बजे पछि होला आकाशमा हेलिकप्टरको आवाज सुनियो हाम्रा माननीय मन्त्रि र साम्सदको सबार रहेछ। ठुलो तामझाम सहित मन्त्रि अनि नेताको सबार त्यती फलदाई भएन। कहाँ के भएको पत्तो नपाइकन नेता रमिता हेरे अनि फर्किए । केहि समय पछि मेलम्ची बजार पनि तहसनहस भएको अपुर्ण खबर आइपुग्यो। राति सम्म मेलम्ची खोला लेदोको लेदो नै थियो। बेलुका सम्म सुन्दर हेलम्बुको बिचित्र दृष्य र नराम्रा खबर हरु सुन्नु पर्यो। ३२ घण्टाको लेदो पानी पछि मेलम्ची केहि सानो अनि लेदो बिनाको धमिलो पानि बग्न लाग्यो। त्यति बेला सम्म हामी र अरु रमिते बाहेक केहि बन्न सकिएन।
देखिएको मेलम्ची बजार र नदेखिएको हेलम्बु ??
सुरुका दिन बाट नै मेलम्ची को खबर यत्र तत्र देश दुनिया भैसकेको रहेछ। जति मेलम्ची बजारको बिजोग थियो, त्यो भन्दा बिजोग हेलम्बुको थियो । न कुनै संचार मिडिया पुग्न सकेको थियो कुनै सरकार संयन्त्र जति पुग्थ्ये मेलम्ची सम्म अनि फर्कंथ्ये । उनिहरुलाई लाग्थ्यो सर्वस्व सकिएको एक मात्र ठाउँ ती बजार मात्र थिए । बाकी सब ठिक होला। बाटो संजाल टुटिसकेको हेलम्बु न बती थियो न इन्टरनेट। हुम्ला र कालिकोट सरह थियो। मेलम्ची भन्दा माथि ३०,३५ किलोमिटर बाट आएको बाढीले हेलम्बू सकिएको कोइ कसैलाई पत्ताे थिएन ।
राहात नामको बिकृति ??
२ ,३ दिन पछि राहातको नाममा चामल दाल तेल अरु अरु थुप्रै चिज आइपुग्न लागे। एकदम थोरै मात्राको जनसंख्या लाई आवस्यक थियो खाध्य सामाग्री तर बस्ति जोगाउने सामान आएन, लाग्थ्यो राहतको नाममा रमिता बनेर आउनेको भिंड नै भिड थियो । तर दु:खको घडीमा मलम लगाउने लाई ह्दयदेखिनै धन्यवाद छ। राहतको नाममा आतंक मच्चिएको छ हेलम्बुमा। अझै रमाइलो कुरा त राहत को नाममा दलितको कोटा कुरा सुन्दा दुखको बेलामा मुड रमाइलो लाग्थ्यो। पिडितको को पिडा भन्दा रमितेको रमिता धेरै थियाे ।
युटुबर ले खोजेको जस्ताे डलरको कन्टेन्ट ?
पिडित को पिडा आफ्नो ठाउमा छ, आफन्त गुमाउनुको पिडा अर्को छ, तर क्यामेरा र माइक बोकेर दु: ख साट्ने बहानामा डलर कमाउने रमिते देख्दा झन् यतिको दिक्क लाग्थ्यो कि मेलम्चीको पानि संगै बगाईदिउँ जस्ताे। सूचना र संचारको नामको बिकृती सारै पिडा र आलोचित थियो। जसको काम छैन ,हुने पनि केहि होइन।
भएको के हो ?
आज सम्म पनि के कारण ले गर्दा मेलम्ची खोलाले यस्ताे रुप लियो जानकार कसैलाई छैन। न सरकारले कुनै बिज्ञ टोलि खटाएको छ न कुनै उपकरण जोडिएको छ। भ्रेमाथाङमा आएको बालुवाको पहिरो या लेदोको असरले यो रुप लिएको अनुमान गरेका छन् तर के हो भन्न कसैले सकेको छैन।
न केन्द्र सरकार छ न स्थानीय सरकार ?
राजीनितिक चौपटमा फसेको केन्द्र सरकारलाई जनता देश त्यति मतलब हुने कुरा पनि भएन। पिडित जनतालाई आफ्नो राज्यले के गर्ला, के गर्छ होला भन्ने लाग्नु र हुन् स्वभाविक हो तर नेपाल सरकारका भू.पु मन्त्रि ,कानुन अनि स्वास्थ्य ,उही क्षेत्रका माननीय साम्सद शेर बहादुर तामाङको कुरा किन गर्नु र अब ,आफैँ बुज्नुस। हेलम्बु गाउपालिकाको पनि यतिसम्म को कन्तबिजोग छ कि उसलाई कहाँ कति के भएको छ अत्ताेपत्ताे छैन। जसरि समृद्व हेलम्बुको समाचार र प्रचार छ ,बाढीले उसको असली रुप उदांगो पारिसकेको छ। यति मात्र भनु जनताको बिजोग छ न त्यहाँ नेपाल सरकार छ न स्थानीय सरकार।
असली पिडित भर्सेस नक्कली पिडित !!
जसको खेत बगायो ,घर लग्यो ,करोडको सम्पत्ती सकियाे उसलाई आफ्नै तनाब छ। उसलाई न १ बोरा चामल चाहिन्छ न त्रिपाल ,उसको चाहना त बस्ती कसरि जोगाउने ,फेरी ब्यबसाय कसरि बसाल्ने आफ्नो तनाव छ ,तर राहातको नाममा यस्ता मानिसहरु हाबी छन् जसको क्षतिनै भयको छैन ,युट्युब ,समाचार उनीहरु रोदन र पिडा देख्दा लाग्छ कि लाज र ईज्जतको कुनै डर नै छैन ,तमासा बनेर केहि पाउने असामा नाङगाे नाच नाचिरहेका छन्।
अब गर्ने के ?
मेरो विचार मा अब चमाल त्रिपाल अरु सामान पुगिसक्यो। अब गर्ने भनेको बस्ति कसरि जोगाउने ,सडक संजाल कसरि जोडिने ,बती कसरि मिलाउने। बाकी रहेका घर , जग्गा , बिद्यालय , सम्पति कसरि जोगाउने ,यो बिषयमा सबै जना लाग्नुपर्छ ।