सिन्धुप्रेस, नवलपुर ।
ईन्द्रावती गाउँपालिका काेराेनामुक्त भएकाे छ । करिब २.५ महिना पछि गाउँपालिकामा काेराेना संक्रमितकाे संख्या ० मा झरेकाे हाे ।

हाल सम्म ईन्द्रावती गाउँपालिकामा पिसिअार परिक्षण गर्नेकाे संख्या ३२४ रहेकाे छ । पिसिअार परिक्षण गर्दा १२० जनामा काेराेना संक्रमण देखिएकाे थियाे ।

त्यस्तै ५६० जनामा एन्टीजेन परिक्षण गर्दा १२८ जनाकाे काेराेना भएकाे रिपाेर्ट अाएकाे थियाे ।

ईन्द्रावती गाउँपालिकामा २४८ जना काेराेना संक्रमित भएकाेमा २४२ जना निकाे भएका छन । ६ जनाकाे काेराेनाकाे कारण मृत्यु भएकाे छ । त्यस्तै हाल गाउँपालिकामा संक्रमित ० , हाेम अाईसाेलेसन ० , काेभिड केयर सेन्टर ० रहेका छन । याे संगै गाउँपालिका काेराेनामुक्त भएकाे हाे ।

यसैबिच गाउँपालिका अध्यक्ष बंसलाल तामाङले सामाजिक सञ्जाल फेसबुक मार्फत संक्रमितहरूको उपचारमा खटिने डाक्टरहरु एवं सबै स्वास्थ्यकर्मी, कर्मचारीहरू, जनप्रतिनिधिहरु, राजनीतिकदलका नेता तथा प्रतिनिधि, बिभिन्न गैर सरकारी संघ संस्थाहरु, उद्योग वाणिज्य संघका पदाधिकारी, शिक्षकहरु स्वयमसेवकहरु, पत्रकार लगायत सबैलाई महत्वपूर्ण सहयोगको लागी हार्दिक धन्यवाद दिएका छन ।

रोगलाई जितेर स्वस्थहुनु भएका ईन्द्रावतीबासी दाजुभाई तथा दिदीबहिनिहरुलाई हार्दिक बधाई । कोरोनाका कारण जीवन गुमाउनु भएका परिवारजनमा गहिरो समबेदना । उनले फेसबुकमा लेखेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!