सिन्धुप्रेस चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिकाका एक कर्मचारीले सेवाग्राहीलाई हेपाहा प्रबृतिले व्यबहार गरेको पाइएको छ । नगरपालिकाका सुब्बा सुनिल सापकोटाले नगरपालिकामा काम लिएर पुगेका सेवाग्राहीलाई थर्काउने र फाइल फालिदिने अराजक शैलीको हर्कत गर्ने गरेको पाइएको हो ।

बुधबार नगरपालिकामा साथीको काममा पुगेकी एक सेवाग्राही महिला साथीको काममा सहयोग गर्न नगरपालिका पुगेकी थिइन । प्रशासकिय अधिकृत फणिन्द्र प्रसाद पौडेल नभएपछि लेखा शाखामा सोध्दा सुनिल सरकोमा जानुस भनेपछि उनी उनको कार्यकक्षमा पुगेकी थिइन् ।

कार्यकक्षमा पुगेपछि सर यो फाइल तपाइलाई बुझाउनु भन्नु भयो यो हेर्दिनुुस न भनेर कर्मचारी सापकोटालाई दिदाँ उनले हेर्दै नहेरी फाइल हुदैन भनि फलिदिएको उनले बताइन । उनले भने लेखाबाट वडामा फाइल तपाईले हेर्नुहुन्छ भनेर आएको हो किन फाल्नु भएको भनेपछि उनले वडाको पो हो भन्दै आफनो टेवुलमा राख्न भनेपछि उनले फाइल टेवुलमा छोडेको बताइन्।

सरकारी कर्मचारीले सेवा लिन पुगेका नागारिकलाई के पुगेन त्यो भन्नुपर्छ,थाहा नभएको र नपुगेको फाइल पु¥याए ल्याउन भन्नुपर्छ तर उनले सेवाग्राहीलाई देखाएको अराजक शैली आपती जनक रहेको उनले बताइन् । सबै कर्मचारीलाइ सेवाग्राहीसंग नम्र ढंगले पेश आउन उनले आग्रह गरेकी छिन ।

चौतारा सागाचोकगढी नगरपालिका पुगेकी एक सन्चारकर्मी माथी नगरपालिकाका एक कर्मचारीले अभद्र ब्यबहार गरेका छन । कान्तीपुरकर्मी पत्रकार कमला पाख्रिन माथी अभद्र ब्यबहार भएको हो । उनले उक्त कुरा सामाजिक सन्जाल फेसबुक मार्फत ब्यक्त गरेकि छिन ।

केहिदिन अघि पनि एक जना ब्यक्ति नगरपालिकामा काम लिएर जाँदा अराजक ब्यबहार देखाएको गुनासो गरेका थिए । नाम नखुलाउने सर्तमा एक सेवाग्राहीले उक्त कुरा बताएका हुन । समाचारको स्रोत तथा उल्लिखित ब्यक्तिहरुको गोपनियतामा सिन्धुप्रेस सर्वाधिकार रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!