सिन्धुप्रेस, मेलम्ची ।


कोभिड १९ को दोस्रो लहरको कारण गत बैशाख १६ गतेदेखि बन्द रहेकोे सिन्धु हेलम्बु यातायात सेवा प्राली र आमा ह्योल्मोे यातायात सेवा प्रा ली मिति २०७८ असार २४ गते देखि पुर्ण रुपमा संचालन हुने भएको छ । सिन्धु हेलम्बु यातायात सेवाको सामाजिक सन्जाल फेसबुक मार्फत उक्त जानकारी दिइएको हो । उक्त फेसबुक मार्फत बस सन्चालनको समय तालिका समेत सार्वजनिक भएको छ ।

समय तालिका
६ बजे काठमाडौबाट पाल्चोकको लागी छुटी सोहिदिन पाल्चोक बाट १ बजे छुटी काठमाण्डौ फर्कने
ग्याल्थुम सुरुङ ७ ः०० बजे काठमाडौ बाट छुटी सोहिदिन बोल्दे सुरुङ्ग बाट १२ ः ०० बजे काठमाडौ फर्कने
८ ः ०० बजे चानौटे पाल्चोेक हँुदै दुबाचौर लावगाउँ बाँसखर्क सम्म छुट्ने
८ ः ०० बजे भोटेचौर काउले पाटीभन्ज्याङ थान्कुने
९ ः ०० बजे मेलम्चीसम्म
१० ः ०० बजे तालामाराङ ग्याल्थुम चनौटे
११ ः ०० बजे ग्याल्थुम सुरुङ्ग
११ ः ०० बजे भोटेचौर काउले पिप्ले हुँदै धुसेनि
१२ ः ३० बजे भोटेचौर हैबुङ सम्म
१२ ः ३० बजे पाल्चोक सम्म
२ ः ०० बजे काउले पिप्ले सुरुङ बसेरी ओख्रेनीचौर सम्म
२ ः ३० पटाप
३ ः ०० बजे मेलम्ची सम्म

बसमा यात्रा गर्दा सवारी चालक र सहचालकले अनिवार्य रुपमा फेससिल्ड, मास्क र पन्जा लगाउनुपर्ने सरकारले बताएको छ । बसमा अनिवार्य रुपमा मास्क, र सेनिटाइजरको ब्यबस्था गर्नुका साथै बसलाई निसंक्रमण गर्नुपर्ने छ । यात्रुले पनि अनिवार्य रुपमा मास्क र सेनिटाइजरको प्रयोग गर्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!