
दिपिन ढुंगाना, मेलम्ची ।
यहि असार २६ गते सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्र मेलम्ची र हेलम्बुमा प्रधानमन्त्री आउने भएपछि मेलम्ची र हेलम्बुका नागरिकहरुमा कौतुहलता सिर्जना भएको थियो । देशको कार्यकारी प्रमुख बाढी ग्रस्त क्षेत्र आउनेभनेपछि यहाँका नागरिकले विशेष चासो र महत्वले हेरेका थिए ।
प्रधानमन्त्री आउनेभनेपछि पार्टिका कार्यकर्ता उत्साहित भएर लागिपरेका थिए भने अन्य प्रभावितहरु र स्थानिय चासोका साथ हेरिरहेका थिए । पत्रकारहरु रिर्पोटिङका लागि तल्लिन थिए भने सुरक्षाकर्मिहरु सुरक्षा दिनमै ब्यस्त थिए । राजनितिक जोड घटाउ र शक्ति संर्घषले गर्दा पटक पटक विभादित र असह्यै आलोचना खेपिरहेका प्रधानमन्त्री ओलीको सुरक्षा चुनौती पनि त्यतिकै थियो । सुरक्षाकर्मिहरु राम्रै परिचालन भएका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक ,काभ्रेपलान्चोक र प्रधानमन्त्रीका निजि सुरक्षाकर्मिहरु कोट पाइन्ट लगाएर विहानै मेलम्ची बजार डुलिरहेको देखे । कुन सुरक्षा निकायको भुमिका के हुँदो रहेछ भनेर मैलेपनि नियाल्न थाले । नेपाली सेना बाटोभरि हतियार बोकेर बसेका थिए । चोक चोकमा शसस्त्र प्रहरी तैनाथ थिए । नेपाल प्रहरी पनि बिहानै देखि बजार क्षेत्रमा ओहोर दोहोर गरिरहेका थिए । बिहान ८ बजे जिल्ला सुरक्षा समितिको बैठकपछि सहायक प्रमुख जिल्ला अधिकारी सहितको टोलि हेलम्बु जाने र प्रमुख जिल्ला अधिकारी सहितको टोलि मेलम्ची बस्ने कुरा भएछ । म पनि रिपोर्टिङकै लागि हेलम्बु लागे किनकि मेलम्चीमा भन्दा पहिला प्रधानमन्त्रीले हेलम्बुमा सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।
हेलम्बुको गणेशे बगरमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नपाली सेनाको बाक्लो उपस्थिति रहेको थियो । शसस्त्र प्रहरी कोहि बाटो बनाउन पनि लागि रहनुभएको थियो , नेपाल प्रहरी प्रधानमन्त्रीको लागि बस्ने ठाउँको ब्यबस्थापनका लागि जुटिरहनुभएको थियो । वरिपरि कार्यकता, र प्रभावित स्थानियहरुको राम्रै उपस्थिति थियो ।
प्रधानमन्त्री कार्यालयबाट आएका सुट पाइन्ट वालाहरु पनि मेटल डिरेकटरको प्रयोग गरेर सबैको चेंकजाच गरेर मात्र कार्यक्रम स्थल प्रवेश गराउन लाग्नु भएको थियो । प्रधानमन्त्रीको हेलिकप्टर काठमाडौं बाट उडेको खबर आयो, पिपद्को बेला र माधव कुमार नेपालको पक्कड क्षेत्र मानिने सिन्धुपाल्चोकमा ओली आउने त्यो पनि गाउँपालिका अध्यक्ष कार्यक्रममा उपस्थित नहुनेभनेपछि सुरक्षा निकाय चनाखो हुँदै ड्युटिमा खटिएको थियो । शसस्त्र , नेपाल प्रहरीका डि एस् पि सापले अझै अलट बस्न निर्देशन दिनुभयो । प्रधानमन्त्रीलई कालो झण्डा देखाउन सक्ने, मेलम्ची खानेपानी आयोजना पिडित भनिएका स्थानिय ठेकेदार तथा मजदुरहरुले नाराबाजि गर्न सक्ने र विपक्षि पार्टि र माधव नेपाल पक्षधरहरुले पनि केहि अवाछिञ्नित गतिविधि गर्न सक्ने सम्भावना धरै थियो ।
यस्तै कार्य चलिरहेको थियो । यतिकैमा १ जना आकर्षक जिउडाल भएका मानिसले २ जना मानिसलाई लिएर आर्मिको कर्नेल साप र डि एस् पी साप कहाँ लिएर आए । उनिहरु को रहेछन् भन्ने मनमा उत्सुकता जाग्यो छेउमा गएर बुझ्दा सि एम् सि बाट पिडित ठेकेदार रहेछन् । जसरी भएपनि प्रधानमन्त्री सँग आफ्नो भनाइ राख्ने उनिहरुको अडान थियो । प्रहरीले समय अभाव र अन्य कारण बताउदै अहिले नमिल्ने बताउदै थिए यतिकैमा प्रधानमन्त्री आइपुग्नुभयो । ओली मञ्चमा बसेपछि मानिसहरुको आवागमन बाक्लै थियो । भिड नियन्त्रण भन्दापनि प्रधानमन्त्रीको सुरक्षामा सुरक्षाकर्मिले ध्यान दिइरहेका थिए ।
अचानक एकजना कसिलो खाइलाग्दो ज्यान भएका युवाले प्रहरीलाई बोलाए मैले पनि त्यतै हेरे उनले पाखुरामा ट्याटु हानेका एक युवाको हात बाट कालो रुमाल थुतेर प्रहरीलाई दिए र भने साप कार्यक्रम सकिएपछि यो रुमाल उहाँलाई दिनुहोला । मैले त्यो मान्छेलाई हेरिरहे को रहेछ त्यो मान्छे रु एउटा सर्वसाधारण ब्यक्तिले किन यस्तो गरर्यो भनेर मनमा प्रश्न चिन्ह् खडा भयो । फरी लाग्यो केपि ओलीकै कार्यकता होला कालो झण्डा देखाउन सक्ने आसंकमा प्रहरीलाई दियो । मैले उस्लाई चिन्ने प्रयास गरे यसो हेरेको शसस्त्र प्रहरीको डि एस् पि सँग छलफलमा थिए उनि । एकदम चनाखो भएर दाँया बाँया हेर्दै को के गर्दै छ कताका मानिसहरु अलि उश्रिंखल छन भनेर उनि शसस्त्र प्रहरीलाई जानकारी गराउदै थिए ,त्यस लगत्तै प्रहरी आफै ति केटाहरुमाझ गएर भिड नियन्त्रण गर्ने प्रयासमा थियो । एवम् रितले कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमलाई सहज ढंगले सफल बनाउन ती युवकको भूमिका अग्रणि थियो । उनले धरै कुराबाट कार्यक्रम सफल बनाउन भूकिमा खेले । मलाई उनि सँग कुराकानि गर्न मन पहिल्यै देखि लागेको थियो । चिनेका केहि प्रहरीहरु सँग बुझ्दा चिनेको छैन भन्ने जानकारी पाएपछि झनै मनमा प्रश्न उब्जिन थाल्यो किन यो मान्छेले प्रहरीलाई सघाइरहेको छ भन्दै रु धरैपछि थाहा पाए उहाँ राष्ट्रिय अनुसन्धान विभागबाट हुनुहुदो रहेछ । कार्यक्रमलाई सफल बनाउन ति युवा भनौ या अनुसन्धान विभागको भूमिका निकै महत्वपुण थियो । बाहिरि आँखाले देखिने नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी सुरक्षा निकायका ३ विभाग भन्दापनि अनुसन्धान विभागका झण्डै ५ ,६ जना कर्मचारीको खटाइ निकै जागरुप थियो ।
कार्यक्रम सफल बनाउन लागि पर्ने सुरक्षा निकायका ४ वटै विभागको भूमिका अत्यन्तै महत्वपुर्ण थियो र सोहि अनुसार कार्यक्रम सफल पनि भयो । भनिन्छ नि रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बेश भनेर , हो त्यस्तै घटना घट्नु भन्दा पहिल्यै जोगाउनु नै ठुलो कुरा हो जसमा राष्ट्रिय अनुसन्धानका सरहरुको खटाइ मेरोलागि प्रेरणाको स्रोत नै बन्यो । देशका कार्यकारी प्रमुखलाई सम्मान जनक रुपमा कुनैपनि अप्रिय घटना हुन नपाई कार्यक्रम स्थलबाट बिदा गर्न खेलेको सुरक्षाकर्मिको भूमिकालाई उच्च सम्मानका साथै नमन् ब्यक्त गर्दछु ।