सिन्धुप्रेस, मेलम्ची ।

असार १ मा आएको बाढीले मेलम्ची र ईन्द्रावतीमा वहाव मात्र बढाएन मानविय क्षतीका साथै भौतीक संरुचनामा ठुलो मात्रामा क्षती पुग्यो । बाढीबाट मेलम्ची र आसपासका करिब एक सय ८० घरपरिवार विस्थापित भएर सामुदायिक विद्यालय र डेरामा बसोवास गर्दै आएका छन् ।

मेलम्ची खानेपानी आयोजना, मेलम्ची बजार र हेलम्बुको नदी आसपासका क्षेत्रमा अहीले हेर्दा यहाँ पनि संरुचना बनेको थियो र भन्ने भएको छ । मेलम्ची बजार पाँचपोरी थाङ्पाल गाँउपालीका, हेलम्बु गाँउपालीका, ईन्द्रावती गाँउपालीकाको व्यापारीक केन्द्रमा रुपमा चिनिन्थ्योे ।

पछील्लो समय पर्यटनसंग सम्बन्धितका साथै अन्य व्यावसाय मेलम्चीमा सञ्चालन गर्ने होड नै चलेको थियो । बाढीपीडितलाई तत्काल अस्थायी आवासको व्यवस्था मिलाउने, सडक सञ्जाल जोड्न बेलिब्रिज राख्ने र खेतीयोग्य जमिनको कटान रोक्न तारजाली उपलब्ध गराउने आश्वासन प्रभावितले नपाएका पनि होईनन तर, आश्वासन कार्यान्वयन कहीले हुन्छ भन्ने टुंगो छैन ।

प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्मले आश्वासन दिएपनि पीडित भने पुर्नस्थापनाको पर्खाईमा छन् । बितेका वर्षमा जुरे, लिदी र जम्बु पहिरोमा जस्तै योजनाबिनाका आश्वासनकै भर पर्नुपर्ने त होइन भन्ने चिन्ता प्रभावितहरूमा छ । त्यसकारण मेलम्ची बजारका स्थानयिले ५० जनाको सरोकार समिती गठन गरेर बजारमा बाढीले थुपारेको पाँगो माटो र बाढीले ल्याएको बालुवा हटाउने काममा अनवरत रुपमा लागीरहेका छन् । स्थानिय सरकारले पनि प्रभावकारी काम गर्न नसकेकोले बजार बचाउन आफैं लागीपरेको स्थानिय रञ्जीत कुमार श्रेष्ठले बताए ।

कतिपय बाढी प्रभावित भूकम्पबाट विस्थापित भएर बजार छेउमा आएर बसेका थिए । उनीहरूको घर भत्केपछि फेरि पीडा थपिएको छ ।
बाढीपहिरो गएका बेला आकाशमा हेलिकप्टर उडाउनेको प्रतिस्पर्धा अघिल्ला बर्षहरुजस्तै यो बर्ष पनि चल्यो । प्रधानमन्त्रीदेखि सांसद र नेताहरू कोही न कोही हेलिकप्टरमा घटनास्थल पुगेकै हुन्छन् । राहत प्याकेजदेखि पुनर्वाससम्मका योजना सुनाउने गरिन्छ । तर कार्यान्वयनको पाटो हेर्ने हो भने एकदमै फितलो रहेको छ ।

मेलम्चीको बाढीले मेलम्ची लगायत आसपासका ठाउँहरु कटान गरेको छ । बाढी आएको महिनौँ बितिसक्दा पनि मेलम्ची खोलालाई साबिकको स्थान बाट लैजान स्थानिय तहले पहल नगरेको स्थानियले गुनासो गरेका छन । अहिले स्थानियहरु आफै मिलेर आफ्नो बस्ती जोगाउने काममा लागेका छन । बाँकी रहेका बस्ती जोगाउनको लागी सरकारले केहि नगर्ने देखेपछि आफै लागीपरेको फट्टेबेसीका एक स्थानिय इन्दु दनुवारले बताइन ।

बाढीबाट विस्थापितहरू आफ्नो भएको र बचेको जायजेथा खोज्न अहिले दिनैपिच्छे मेलम्चीको बगरमा भेटीन्छन् । उनीहरू बिहानैदेखि कोदालो, साबेल र खन्ती बोकेर बालुवाले पुरेको सरसामान झिक्ने प्रयासमा हुन्छन् । उनीहरूले नगरपालिकालाई बालुवा पन्छाउन माग गरिरहेका छन् । मेलम्ची नगरपालीकाले प्रभावकारी रुपमा काम नगरेपस्चात स्थानयिहरुले आफ्नै पहलमा डोजर प्रयोग गरेर वालुवा पन्छांउदै आंशिक रुपमा पुरीएका घर र त्यहाँ भएका सामान निकाल्न लागीपरेका छन् ।

स्थानीय सरोकार समितिका अगुवा सागर श्रेष्ठले मेलम्चीवासीले सधैंका लागि आफ्नो ठाउँ छाड्ने मनस्थिति नबनाएको बताए । बचेका घरलाई सुरक्षा दिन दिनरात नभनी आफैं लागीपरेको उनले बताए । उनका अनुसार बजार बचाउन नदीमा ७ वटा मेसिन लगाइएको छ । स्थानयि सरकारले तदारुकता नदेखाएकोले बजार जोगाउन आफैं लागीपरेको उनले बताए ।

मेलम्ची बगरमै भविष्य खोजिरहेकाहरूले आफ्नो बासस्थान बचाउन तिनवटै तहका सरकारसंग माग गरीरहेका छन् । मेलम्चीवासी सकभर आफू बसेको स्थान छाड्न नपरे हुन्थ्यो भन्ने मनसायमा रहेका छन् । तर मेलम्चीमा विनाशकारी बाढीबाट प्रभावित नागरिकले सरकार भएको महसुस गर्न पाएका छैनन् । तत्काल र दीर्घकालीन योजनाबिना काम गर्दा पैसा मात्र खर्च हुने मेलम्ची नगरपालीकाका प्रमुख डम्बर बहादुर अर्यालले बताए । नगरपालिकाले स्थापना गरेको उद्धार तथा पुनःस्थापना कोषमा ४ करोडभन्दा बढी रकम जम्मा भइसकेको पनि उनले जानकारी दिए । जतीसक्दो छीटो योजनाबद्ध तरीकाले प्रभावितलाई पुर्नस्थापना गर्ने उनले बताउदै आएका छन ।

मेलम्चीलाई व्यापार, उद्यम र रोजगारसँग मात्र जोड्न नहुने स्थानियहरुको भनाइ छ । मेलम्चीको सभ्यता विशाल छ । यो पाँचपोखरीसँग, गोसाइँकुण्डसँग, लाङटाङसँग, पाल्चोकसँग, हेलम्बुसँग र तिम्बु गाँसिएको छ । एक त यी सबै ठाउँको प्रवेशद्वार पनि मेलम्ची हो । त्यसैले मेलम्चीलाई पुरानै अवस्थामा फर्काउनु तत्कालीन आवश्यकता पनि हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!