सिन्धुप्रेस, काठमाण्डौ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीको सपथ ग्रहण गर्दैछन ।

राष्ट्रपति कार्यालयले आज देउवाको नियुक्ति र शपथको तयारी गरेको छ । शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सर्वोच्चले मंगलबार पाँच बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेको थियो ।

देउवा यसअघि चार पटकसम्म प्रधानमन्त्री बनिसकेका छन् । उनि यसपटक प्रधानमन्त्री बन्दा पाँचौ पटक हुनेछ ।

देउवा २०५२ साल भदौ २७ गते पहिलो पटक प्रधानमन्त्री भएका थिए । त्यसपछि २०५८ साउन ११, २०६१ जेठ २१ र २०७४ जेठ २४ मा देउवा प्रधानमन्त्री बनेका थिए ।

देउवाले आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!