सिन्धुप्रेस, चौतारा ।

सिन्धुपाल्चोक जिल्लामा कोभिड १९ बिरुद्धको खोप भेरोसेल अभियान संचालन गरिने भएको छ । अभियान २ चरणमा संचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

श्रावण ३ गतेदेखि पहिलो चरणमा ६ वटा स्थानीय तहहरु मेलम्ची, हेलम्बु, इन्द्रावती, जुगल, बलेफि, लिशंखुपाखरमा ५५ बर्ष माथिका यसअघि १ मात्रा पनि खोप नपाएका व्यक्तिहरु, कलेज तथा विद्यालयका शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालकहरुलाई कोभिड १९ बिरुद्धको खोप भेरोसिल को पहिलो मात्रा दिइने जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका बरिष्ठ जन स्वास्थ्य अधिकृत दुर्गा दत्त चापागाइले जानकारी दिए ।

खोप लगाउनको लागी स्थानीय तहहरुले निर्धारण गरेका खोप केन्द्रहरुमा सम्पर्क गर्न स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । दोश्रो चरणमा बाँकि ६ वटा स्थानीय तहहरुमा संचालन हुनेछ ।

केन्द्रबाट १ हप्तामा जिल्लामा थप खोप प्राप्त हुने बताइएको छ । थप खोप प्राप्त हुनासाथ दोश्रो चरणको मिति सार्वजनिक गरिने स्वास्थ्य कार्यालयले जानकारी दियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!