सिन्धुप्रेस, हेलम्बु ।
राष्ट्रिय प्रजातन्त्र पार्टी को पहलमा हेलम्बु गाउँपालिकालाई १८ लाख रूपैया बराबरको स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । राप्रपाका केन्द्रीय अध्यक्ष पशुपती सम्सेर जबराको विशेष पहल र UNDP को सहयोगमा स्वास्थ्य सामाग्री प्रदान भएको हो ।

आज एक कार्यक्रमका बिच हेलम्बु गाउँपालिकाका उप प्रमुख कोपिला पण्डित र स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र सिग्देल लाई पल्स अक्सिमिटर १०० थान, डिजिटल थर्मोमिटर १०० थान, पिपिई सेट २०० थान, ह्यान्ड सेनिटाइजर ५०० मिलिटिटर १०० थान, टप ग्लोब्स ५००० थान, हस्पिटल बेड विथ म्याट्रेस २५ थान, सर्जिकल मास्क ५००० थान, सोलार ईलेक्ट्रिकल चार्जर बत्ती २०० थान, ब्ल्याङकेट २०० थान र तार्पउलिन २०० थान हस्तान्तरण गरिएको हो ।

उक्त हस्तान्तरण कार्यक्रममा राप्रपा केन्द्रीय अध्यक्ष पशुपति शम्सेर जबरा, UNDP का ARP प्रबासी प्रमुख विजय सिंह, राप्रपा पूर्व सभासद श्री चलन बहादुर तामाङ,राप्रपा केन्द्रीय सदस्य बाबुराम खड्का, गोपाल नर्सिङ श्रेष्ठ,राप्रपा गाउँपालिका प्रमुख अम्बर बहादुर पण्डित, राप्रपा जिल्ला सदस्य हरि गुरुङ्ग र राप्रपा केन्द्रीय महिला संगठन महासचिव कुमारी तामाङको उपस्थिति रहेको थियो ।

हेलम्बु गाउँपालिकाको ७ वटै वडाको लागि सो स्वास्थ्य सामाग्री सहयोगको लागि पहल गरेको राप्रपा केन्द्रीय महिला संगठन महासचिव कुमारी तामाङले बताईन ।

कार्यक्रम राप्रपा केन्द्रीय अध्यक्ष पशुपति शम्सेर जबराको प्रमुख आतिथ्यतामा भएको थियो । त्यस्तै सो कार्यक्रममा UNDP का ARP प्रवासी प्रमुख विजय सिंह र राप्रपा केन्द्रीय सदस्य बाबुराम खड्काको विशेष आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!