सिन्धुप्रेस, मेलम्ची ।

बाढीग्रस्त मेलम्ची संरक्षण र पुर्नस्थापनामा स्थानीय सरकारको काम प्रभावकारी नभएको गुनासो आईरहंदा सहयोगी हातहरु भने थपिदै छन् । २०४८ सालमा श्री ईन्द्रेश्वरी माध्यमीक विद्यालयमा एसएलसि दिएका पुर्व विद्यार्थीहरुले मेलम्ची संरक्षण र पुनर्स्थापनामा सहयोग गरेका छन् ।

पुर्व विद्यार्थी समाज, हाम्रो मेलम्ची, राम्रो मेलम्ची पुननिर्माण अभियान अन्तर्गत आज ४ लाख ४० हजार सहयोग रकम मेलम्ची सरोकार समितीलाई हस्तान्तरण गरीएको छ ।

जतिबेला तत्काल उद्वारको काम गर्नुपर्ने थियो त्यो पनि स्थानिय सरकारले काम नगरेको मेलम्ची पुर्नस्थापनाका अभियान्ता सागर कुमार श्रेष्ठले बताए । पहीले पनि नगरेको र अहिले पनि केही गर्ने छांटकांट नभएको उनले बताए। स्थानिय सरकारलाई हामीले अरू केही भनेका छैनौँ, हामीले खोलालाई पहिलाकै अवस्थामा फर्काउनको लागि काम गर्न भनेका हौँ, श्रेष्ठले भने ।

बाढी गएको महिनौ भईसक्दा पनि स्थानीय सरकार मौन भएको र मौनताले सिमा नाँघेको पुर्व विद्यार्थी भरत अधिकारीले बताए । ब्याचले बाढीग्रस्त मेलम्चीलाई संरक्षण र पुनर्स्थापनामा अहोरात्र काम गरिरहेको सामुहिक प्रयासलाई आगाम दिनमा पनि सहयोग गर्ने उनले प्रतिबद्वता समेत ब्यक्त गरे । हामी अब यश अभियान मार्फत स्थानिय सरकारलाई दबाब दिन्छौ, त्यो पनि भएन भने प्रदेस सरकारकोमा जान्छौँ , र हामी केन्द्रीय सरकार सम्म पनि पुग्नेछौँ । यति गर्दा पनि मेलम्ची लाई बचाउन सरकारले केही गरेन भने हामी ससक्त ढंगबाट आन्दोलननै गर्नेछौँ । खबरदार सरकारले मेलम्ची लाई जोगाउनको लागि तत्काल पहल गरोस , उनले भने ।

यस्तै आज नै लायन्स क्लवले पनि मेलम्ची पुननिर्माण अभियानमा सहयोग गरेको छ । मेलम्ची पुननिर्माण अभियानमा लायन्स क्लवले नगद सहयोग स्वरुप रु १ लाख १२ हजार पाँच रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । इन्धन खरिदको लागी सो रकम हस्तान्तरण गरिएको हो ।

लायन्स क्लवको तर्फबाट युबराज गिरि, राजेश हिमालय, गणेश राणा, सुभास बानिया, सुरेन्द्र सुनार लगायतको टोलीले सरोकार समितीलाई सो रकम हस्तान्तरण गरेको हो ।

मेलम्ची तहसनहस हुँदा मेलम्ची र आसपासका क्षेत्रमा धेरै प्रभाव परेको पूर्व बिधार्थी निर्मला विष्टले बताइन । यो अभियानमा सबैले हातमा हात र साथमा साथ दिनुपर्ने उनले बताइन ।

अझै पनि मेलम्चीमा बाढीले बचाएको घरहरू जोगाउनको लागि पटक पटक मेलम्ची नगरपालिका लाई आग्रह गर्दा पनि नगरले बेवास्ता गरेको स्थानीयले गुनासो गर्दै आएका छन् । स्थानीय सरकारले बेवास्ता गरेपछि आफ्नो बस्ती आफै जोगाउन लागि परेको अभियान्ता सागर कुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!