सिन्धुप्रेस, काठमान्डाै ।
मेलम्ची बाढीपहिरो प्रभावितहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ज्ञापनपत्र बुझाएका छन् ।

मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिकाका स्थानीय बाढीपीडितहरुले प्रधानमन्त्री देउवालाई बालुवाटारमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।

मेलम्ची पुननिर्माण सराेकार समितिकाे अगुवाईमा उक्त ज्ञापनपत्र बुझाईएकाे हाे । ज्ञापनपत्र बुझाउँदै बाढीप्रभावितले तत्काल बस्ती जोगाउन तटबन्ध निर्माण गर्नुपर्ने, नदीलाई पुरानै धारमा फर्काउन पहल गर्ने, बाढीमा पुरिएका घर जोगाउन प्रबन्ध गर्न माग गरेका छन् ।

मेलम्चीमा बाढी गएपस्चात धेरै जना नेताहरू गएपनि माग सम्बाेधन नभएकाे उनिहरूले बताए । निवर्तमान प्रधानमन्त्री केपि शर्मा ओलि बाढी ग्रस्त मेलम्चीमा गएपनि प्रभावित लाई नभेटी फर्किएकाे र स्थानियकाे माग पनि नसुनेकाे स्थानिय सागर श्रेष्ठले बताए ।

त्यस्तै बाढीले व्यवसाय गुमाएका व्यवसायीलाई क्षतिपुर्तिको प्याकेजको व्यवस्था, बैकबाट ऋण लिएर व्यवसाय गरेको व्यवसायीको ऋण मिनाहा र ब्याजमा सहुलियतको व्यवस्था, किसान, उद्योगी, विद्यार्थी र व्यापारीका लागि अल्पकालीन र दिर्घकाली राहत प्याकेज र हेलम्बु र मेलम्चीमा बेलिब्रिजको व्यवस्था गर्न उनीहरुले ज्ञापनपत्र मार्फत माग गरेका छन् ।

बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकामा ठूलो क्षति पुर्याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!