
सिन्धुप्रेस, हेलम्बु ।
सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका ४ ग्याल्थुम निबासी सम्झना धिमाल लामिछाने बिगत लामो समय देखी आफ्नो जिबनको रक्षा र मृत्यु सग लडिरहेकि छिन ।
६ महिना देखी सिभिल हस्पिटलमा ब्लड क्यान्सर संग आफ्नो जिबनको लडाई लड्दै आएको र अचानक बोन म्यारो प्रत्यारोपण गर्नु पर्ने भएको छ । हाल सम्म सम्पुर्ण खर्च परिवारले ब्यहोरीरहेका छन । आर्थिक अवस्था कमजोर भएसंगै अब गर्ने भनिएको बोन म्यारो प्रत्यारोपणको लागी रकम अभाब भएको छ ।
बोन म्यारो प्रत्यारोपणका लागि रु ३० लाख भन्दा बढि रकम चाहिने भएकोले परिवारले सहयोगको अपिल गरिरहेका छन । तपाई हाम्रो सानो सहयोगले कसैको जिबन बच्छ भने सानो सानो सहयोग गरिदिनु हुन परिवारका सदस्यले हार्दिक अनुरोध गरेको छ । सहयोग मनका लागि ९८६०९६०३७५ सम्पर्क नम्बर समेत उपलब्ध गराइएको छ ।
बिरामी को नाम : सम्झना धिमाल लामिछाने
रोग : ब्लड क्यान्सर र बोन म्यारो प्रत्यारोपण गर्नु पर्ने
अस्पताल : सिभिल होस्पिटल काठमाडौँ
पति : विकल लामिछाने 9851193707 थप केहि जानकारी लिनु परेमा