
सिन्धुप्रेस, काठमाण्डाै ।
नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २ सिन्धु-काठमाडौ सम्पर्क समितिको कार्यालय स्थापना भएको छ ।
आज नरायणटारमा अवस्थित सम्पर्क कार्यालय को जिल्ला सभापति बिकास लामा ले उद्घाटन गरेका थिए।
उद्घाटन कार्यक्रम को सभापतित्व सम्पर्क समिति का अध्यक्ष उद्वव बानियाँले गरेका थिए।
कार्यालय उद्घाटन पछि सभापति लामाले सम्पर्क कार्यालय नामको मात्र नहोस् कार्यान्वयन मा आओस् पुर्णतः पाओस् र कार्यालय उद्घाटन गर्न पाउँदा खुशी लागेको बताए।यस्तो कार्यले कार्यकर्तालाई थप उर्जा मिल्ने बताए।
कार्यक्रममा उपसभापति शिव सुनार,क्षेत्रीय सभापति आइतमान तामाङ लगायतका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो।