सिन्धुप्रेस, मेलम्ची ।
हेलम्बु – मेलम्ची बाढी प्रभावित सञ्चारसंस्था र सञ्चारकर्मीलाइ सहयाेगार्थ राहत बितरण कार्यक्रम मेलम्चीमा सम्पन्न भएकाे छ । नेपाल प्रेस युनियन जिल्ला शाखा सिन्धुपाल्चाेककाे आयाेजनामा उक्त कार्यक्रम भएकाे हाे ।

कार्यक्रममा बाढी बाट प्रभावित पत्रकार र सन्चार गृहकाे लागि आर्थिक सहयाेग गरिएकाे छ । मेलम्चीमा बाढीबाट प्रभावित भएका पत्रकारहरूलाई २० हजारकाे दरले सहयाेग गरिएकाे हाे ।

पिडामा परेका पत्रकारकाे लागि यस्ताे सहयाेग निरन्तर गर्दै जाने प्रेस युनियन जिल्ला शाखा सिन्धुपाल्चाेकका अध्यक्ष दुर्गा आचार्यले बताईन ।

कार्यक्रममा बाेल्दै नेपाल प्रेस युनियन काठमान्डाैका अध्यक्ष जगन्नाथ दुलालले मेलम्ची पुननिर्माणमा सरकारले ध्यान दिन नसकेकाे बताएका छन । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलि मेलम्ची आएर माछा पालन गर्नकाे लागी सुझाव दिएकाे उनले बताए ।

पत्रकारहरूले मेलम्चीकाे यथार्थ कुराहरू सञ्चार माध्यम बाट प्रसारण गरिदिएकाेमा मेलम्ची पुननिर्माण अभियन्ता सागर श्रेष्ठले धन्यवाद ब्यक्त गरे । स्थानिय सरकार संग क्षमता नभएर मेलम्चीमा काम गर्न नसकेकाे उनले बताए । बाढी गएपछि मेलम्चीका मेयर बाढी प्रभावित भेट्न मेलम्चीमा नआएकाे उनले गुनासाे गरे ।

मेलम्ची बाढी प्रभावितकाे लागि मेलम्चीमा आएकाे पैशा सदुपयाेग नभए सबै प्रभावितले आवाज निकाल्नपर्ने पत्रकार महासंघ सिन्धुपाल्चाेकका संस्थापक अध्यक्ष बिष्णु न्याैपानेले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!