
सिन्धुप्रेस, चाैतारा ।
चौतारा साँगाचाेकगढी नगरपालिकाका तीन दर्जन भन्दा बढी युवाहरू एमाले, माओवादी परित्याग गरि काङ्ग्रेसमा प्रवेश गरेका छन । आज एक कार्यक्रमका बिच उनिहरूले पार्टी परित्याग गरेका हुन ।
आज चाैतारामा भएकाे कार्यक्रममा पुर्व मन्त्री मोहन बहादुर बस्नेतले उनिहरूलाई काङ्ग्रेसमा भित्राएका हुन।
अनेरास्ववियु चौतारा क्याम्पसका सचीव राकेश श्रेष्ठसहित ३६ जना आज कांग्रेसमा प्रवेश गरेका थिए । समीर श्रेष्ठको नेतृत्वमा उनिहरू कांग्रेस प्रवेश गरेका हुन ।
कम्न्युस्टले जनताको लागि भन्दा पनि आफ्नो स्वार्थको लागि मात्रै काम गरेकाे र त्यसै कारण नेपाली कांग्रेसमा प्रवेश गरेकाे नबप्रबेसीहरुके बताए ।