
सिन्धुप्रेस, मेलम्ची ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ चालिसे गाउँमा पुजाको प्रसाद खाँदा ३० जना बिरामी भएका छन्।
पुजामा सहभागी भएर प्रसाद खाएकाहरूलाई झाडापखाला लागेको मेलम्ची नगरपालिकाले जनाएकाे छ । बिहिबार पुजाकाे प्रसाद खाएका उनिहरू बिरामी परेका थिए । आज मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपाल स्वास्थ्यकर्मीकाे टाेली सहित उक्त गाउँमा पुगेकी थिईन ।
गाउँका ३० जना एकै पटक बिरामी भएपछि सबैलाई स्वास्थ्य चौकी ल्याउन सम्भव नभएकाे र स्वास्थ्यकर्मी सहितको टोली गएर उपचार गरेकाे नगरपालिकाका उपप्रमुख भगवती नेपालले बताईन ।
३ जना बिरामीलाई मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र, मेलम्चीमा ल्याईएकाे र अन्य बिरामीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएकाे छ ।
फुड पोइजनको कारणले झाडापखाला लागेको स्वास्थ्यकर्मीको भनाइ छ ।