सिन्धुप्रेस, मेलम्ची ।
मेलम्चीका बाढी प्रभावित मेलम्ची नगरपालिका पुग्दा मेलम्ची नगरपालिकाका मेयर र उपमेयर फरार भएका छन ।

मेलम्ची नगरपालिकाले स्थानियकाे गुनासाे नसुनेकाे भन्दै सयाैकाे संख्यामा स्थानियहरू मेलम्ची घेर्न गएका थिए । मेलम्ची पुननिर्माण सराेकार समितिका संयाेजक महाविर श्रेष्ठकाे नेतृत्वमा गएकाे सयाैँकाे संख्याका मेलम्चीका स्थानियले मेलम्ची घेराउ गरेका थिए ।

बाढि गएकाे ४७ दिन भईसक्दा पनि स्थानिय सरकारकाे उपस्थिति नभएकाले आन्दाेलन नै गर्नुपरेकाे मेलम्ची सराेकार समितिले जनाएकाे छ ।

शान्तिपूर्ण रूपमा गरेको आन्दोलनकाे सम्वाेधन नभएको खण्डमा जुनकुनै हद पार गरि आन्दाेलनमा उत्रने अभियान्ता सागर श्रेष्ठले बताए ।

असार १ गते आएकाे बाढी बाट प्रभावित मेलम्ची नगरपालिकामा ठुलाे मात्रामा जनधनकाे क्षति भएकाे थियाे । त्यस पश्चात् स्थानियले बस्ती जाेगाउनकाे लागि पटक पटक मेलम्ची नगरपालिकामा अनुराेध गर्दा पनि बेवास्ता गरेपछि उनिहरू आन्दाेलित हुन बाध्य भएका हुन ।

बाँकी रहेका घर जाेगाउनकाे लागि स्थानियले पटकपटक सरकार संग माग गर्दा पनि बेवास्ता गर्दै आएकाे र बाढी गएकाे ४७ दिन सम्म पनि मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल, उपमेयर भगवती नेपाल काेहि पनि बजारमा स्थानियकाे गुनासाे सुन्न नआएकाे मेलम्ची पुननिर्माण सराेकार समितिका संयाेजक महाबिर श्रेष्ठले बताए ।

मेलम्चीका स्थानियहरू सयाैकाे संख्यामा नगरपालिका जाँदा पनि नगरपालिकाका मेयर, उपमेयर र प्रमुख प्रसासकिय अधिकृत काेहि पनि नगरपालिका बाट बाहिर ननिस्केकाे अभियान्ता सागर श्रेष्ठले बताए ।

आज मेलम्ची नगरपालिकामा स्थानियहरूले डमरे चाेर ,मेलम्ची छाेड, नालायक मेलम्ची नगरपालिका मुर्दावाद, मेयरसाप बिन्ती छ हाम्राे बस्तीमा बम हान्दिनुस, नालायक मेयर राजिनामा दे, नालायक मेयर चाहिँदैन, मुकदर्सक बन्न पाईदैन, डमरे तेराे पाराले दुख पाए साराले जस्ता नारा लगाएका थिए ।

आजकाे आन्दाेलन चेतावनीमुलक मात्रै भएकाे र अझैपनि नगरपालिकाले अटेर गरेमा नगरपालिकामा ताला लगाउने महाबिर श्रेष्ठले बताए ।

गए रातीकाे हेलम्बु मेलम्ची बाढीले मेलम्ची र हेलम्बुमा ठुलाे जनधनकाे क्षति भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!