सिन्धुप्रेस, मेलम्ची
असार १ गते आएकाे बाढीका कारण मेलम्ची नगरपालिकामा पुरिएका घरहरू नलिकाल्न नगरपालिकाले आज एक बिज्ञप्ती मार्फत आदेश दिएकाे छ । पुरिएका घर सफा गरेर बस्दा जाेखिम बढ्ने नगरपालिकाले जनाएकाे छ । मेलम्ची नगरपालिकामा मात्रै १५० भन्दा बढी घर बाढीले पुरिएकाे थियाे ।

असार १ गतेदेखि आएको बाढीले नदी तटीय घर बस्तीमा क्षति पुर्‍याएको बेला समेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै मेलम्चीका सयाै जनाकाे स्थानियकाे समुहले नगरपालिका घेराउ गरेका थिए । नगरपालिका घेराउ गर्न जाँदा नगरपालिकाका मेयर , उपमेयर काेहि पनि भेटिएनन ।

१७ गते मेलम्चीका स्थानियले नगरपालिका घेराउ गरेपछि आज एक बिज्ञप्ती निकाल्दै मेलम्ची नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको हाे ।

बर्षातकाे समय पछि बाँकी रहेका घरहरू बस्न याेग्य र अयाेग्य छुट्याई सफा गर्ने र मर्मत गर्ने कार्य याेजना बनाएर गर्ने मेलम्ची नगरपालिका द्वारा जारी गरिएकाे बिज्ञप्तीमा भनिएकाे छ ।

बाढीले बाँकी रहेकाे संरचनालाई संरक्षण गर्न धैर्यताका साथ प्रतीक्षा गरि संयमता अपनाउन सम्पुर्ण नगरवासीलाई नगरपालिकाले हार्दिक अपिल गरेकाे छ ।

बाढी गएकाे हप्ताै बितिसक्दा पनि मेलम्ची नगरपालिकाले नगरबासीकाे गुनासाे नसुनेकाे र बस्ती जाेगाउन पहल नगरेकाे भन्दै मेलम्ची नगरपालिकाका स्थानियले ५० जनाकाे सराेकार समिति गठन गरेर आफै मेलम्ची पुननिर्माण गर्न लागि परेका छन । महाबिर श्रेष्ठकाे नेतृत्वमा ५० जनाकाे सराेकार समिति गठन गरेर पुरिएका घरहरू निकालिएका थिए ।

मेलम्ची बचाउनमा स्थानिय सरकार माैन देखिएपछि देस तथा बिदेश बाट एक छाक कटाएर भएपनि मेलम्ची बचाउ अभियानमा विभिन्न ब्यक्तिहरूले सहयाेग गरेकाे पुननिर्माण अभियान्ता सागर श्रेष्ठले बताए । मेलम्ची बचाउ अभियानमा देश तथा बिदेश बाट सहयाेग आउने क्रम जारी रहेकाे उनले बताए ।

स्थानिय ब्यापारीहरू पुनह पसल सन्चालन गर्न लागीपरेका थिए । पुनह घरहरू जाेखिममा परेपछि सबै सामानहरू झिकेर पसल खाली गर्न थालेका छन । मेलम्ची नदीमा पुन वहाव बढेर ६ घर ढलेसंगै स्थानियमा त्रास बढेकाे ।

मेलम्ची बजारमा खाेला छिर्ने अवस्था आएपछि अभियान्ता सागर श्रेष्ठकाे नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी र स्थानियकाे सकृयतामा आज दिनभर खाेला छेक्नकाे लागि प्रयासहरू भएका छन । आज जालीमा ढुङगा भरेर खाेला छेक्ने काम भएकाे श्रेष्ठले बताए ।

हेर्नुहाेस बिज्ञप्ती

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!