सिन्धुप्रेस, हेलम्बु ।
हेलम्बु ४ मा रहेको सरस्वती माबीको फल्स सिलिङ झिक्ने क्रममा खसेर १ जना घाईते भएका छन । असार १ र साउन १६ गते आएको बाढीका कारण उच्च जोखिममा रहेको चिलाउनेघारीमा रहेकाे हेलम्बु आधारभुत बिधालय,  श्री सरस्वती माबीमा हस्तान्तरण गरिएकाे, बाट खसेर रौतहट निवासी बिरेन्द्र शर्मा घाईते भएका हुन ।

शर्मा घाईते भएपछि हेलम्बु गाउँपालिका वडा नं ४ का समाजसेवी श्याम लामीछानेले उनलाई अस्पताल रिफर गरेका छन । बिरामीलाई जिप खोजेर काठमाण्डौमा रहेको अर्थोपेडिक अस्पतालमा पठाईएको छ ।

जोखिम मोलेरै भएपनि बिरामीलाई १ घण्टा लगाएर चिलाउनेघारी बाट ढुंग्रे बजार पुर्याएको र काठमाण्डौको अर्थोपेडिक अस्पतालमा लौजानको लागि जिप खोजेर पठाईएको समाजसेवी लामीछानेले बताए ।

हेलम्बु गाउँपालिका वडा नं ४ मा रहेको साे बिधालयमा असार १ र साउन १६ गते आएको बाढीका कारण आधा भाग कटान गरेको थियो । बिधालय ढल्ने भएपछि बिधालयमा रहेका झ्याल , ढोका र फल्स सिलिङ झिक्ने क्रममा लडेर रौतहट निवासी बिरेन्द्र शर्मा घाईते भएका थिए ।

बिरामी लैजानमा वडा अध्यक्ष राजकुमार लामीछानेकाे पनि  मुख्य भुमिका रहेकाे थियाे । साथै वडा अध्यक्षले बिरामीकाे उपचारकाे लागि २०००० समेत दिएर पठाएकाे समाजसेवी श्याम लामीछानेले जानकारी दिए । बिरामीको ढाड भाचिएको आसंका गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!