सिन्धुप्रेस, चौतारा ।

संजालमा गरिएको टिप्पणीका आधारमा अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला कमिटी सचिवालय सदस्य दिनेश चौलागाई माथी हातपात भएको छ । आज एक बिज्ञप्ती मार्फत अनेरास्ववियु जिल्ला कमिटि सिन्धुपाल्चोकले उक्त घटनाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ , राजनैतिक प्रतिशोधका आधारमा युवराज दुलालको नाम जोडि सिन्धुपाल्चोकका नेता पुर्ब मन्त्री दुलालको स्वकिय सचिव भनिने प्रह्लाद चौलागाई नेतृत्वको अराजक समूहले २६ गते कमरेड दिनेशको अफिसमा गएर थर्काउने, धम्काउने र हिजो २७ गते राति घरमै गएर भौतिक आक्रमण गरी घाइते हुने गरी गरेको कुटपिट प्रति अनेरास्ववियु जिल्ला कमिटिको ध्यानाकर्षण भएको छ ।

लेखाइमा असहमति हो भने बिधिको शासनमा कानुनी प्रक्रियामा जान सकिने पनि बिज्ञप्तीमा भनिएको छ । लोकतान्त्रिक व्यवस्थामा आफ्ना राजनीतिक विचारहरु राख्न पाउने मौलिक अधिकारको समेत ख्याल नगरी जंगली शैलीमा भएको आक्रमणको घटनाले विगतको माओबादीको शैलीको अवशेष अझै रहेको देखिन्छ विज्ञप्तीमा भनिएको छ ।

सत्ताको मातमा यस्ता हर्कत गर्ने अपराधिक समूहलाई पक्राउ गरी कानूनी कारवाही गर्न प्रशासन समक्ष जोडदार माग गरेको पनि अनेरास्ववियू सिन्धुपाल्चोक जिल्ला अध्यक्ष रामचन्द्र थापाले जारी गरिएको विज्ञप्तीमा भनिएको छ । अन्यथा जवाफको रुपमा जुनसुकै कदम चाल्न बाध्य हुने पनि विज्ञप्तीमा उल्लेख छ ।

अनेरास्ववियु केन्द्रीय कमिटिले पनि घटनाको घोर भ्रत्सना गरेको छ ।

सिन्धुपाल्चोकका एमाले नेताहरू द्वारा घटनाको बिरोध गर्दै दोषिलाई कारबाहिको माग गरेका छन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!