
फूलमान तामाङ, मेलम्ची ।
आज जनैपूर्णिमा । तामाङ समुदायले भने गोनेङ्याहको रुपमा मनाउछन्। यस अवसरमा तामाङ समुदायका बोम्पोहरु विभिन्न धार्मिक स्थलमा पुगी कुण्ड, तलाउ र महादेवलाई पूजा गर्छन्।
यही अवसरमा सिन्धुपाल्चोकस्थित मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाका बोम्पोहरु इन्द्रावती -१ मा अवस्थित नौलिङ महादेउथान पुगे।
महादेवको दर्शनमा पुगेका बोम्पोहरुले बाटोमा पर्ने म्हाने, गुम्बा तथा तीर्थस्थलहरुमा आफ्नो नाच र गीतसमेत प्रदर्शन गरे।