सिन्धुप्रेस, काठमाण्डौ ।

नेपाल तरुण दलको तरुण विभाग केन्द्रीय कार्यसमीतीको आयोजनामा बृहत छलफल तथा गोष्ठी समपन्न भएको छ ।

नेपाल तरुण बिभाग प्रमुख एवम् पुर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता शंखर भण्डारीको प्रमुख अतिथ्यमा कार्याक्रम सम्पन्न भएको हो । अनुपम फुडल्याण्ड गौशाला काठमाडौमा भएको कार्यक्रममा नेपाल तरुण दलका विभिन्न तह र तप्काका व्यक्तीहरुको सहभागीता रहेको थियो ।

नेपाली कांग्रेस तरुण बिभागद्वारा आयोजित पार्टीको १४ औं महाधिवेशन सफलताका लागि परिचयात्मक, बृहत छलफल तथा गोष्ठी कार्यक्रम भव्यताको साथ सम्पन्न भएको नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला तरुण विभागको सचीव अमिर लामाले जानकारी दिनुभयो ।

महाधिवेशन नजीक आएकोले सफल र भव्य रुपमा महाधीवेशन सम्पन्न गर्नका लागी यो कार्यक्रम प्रभावकारी हुने तरुण विभागको सचीव अमिर लामाले बताउनुभयो । सिन्धुपाल्चोक जिल्ला क्षेत्र न २ का नेपाल तरुण दलका अध्यक्ष अनिलकुमार तामाङ, त्रिपुरासुन्दरी गाँउपालीकाका तरुण तथा समाजसेवी यादव श्रेष्ठ तथा जिल्लामा तरुण दलको विभिन्न तह तप्कामा रहेका व्यक्तीहरुको सहभागीता रहेको थियो ।

नेपाली काँग्रेसले १४ औँ महाधिवेशनका लागि गर्नुपर्ने प्राविधिक काम अन्तिम चरणमा पुर्याएको छ । भदौ १८ गते वडा अधिवेशन गर्ने लक्ष्यका साथ काँग्रेस नेताहरू प्राविधिक विषय टुङ्ग्याउन अन्तिम तयारीमा जुटेका छन् ।

मङ्सिर ९–१३ का लागि महाधिवेशनको मिति तोकेको काँग्रेसले अधिवेशनको प्रकृया भदौ १८ बाट सुरु गर्दै छ । भदौ २७ गते गाउँ÷नगरपालिका अधिवेशन, असोज १ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गरिनेछ । त्यसै गरी कार्तिक १०, ११ र १२ गते प्रदेश अधिवेशन सम्पन्न गरिनेछ । यसका लागि क्रियाशील सदस्यता र निर्वाचन निर्देशिकाको काम टुङ्गोमा पुगेको छ ।

यस्तै न्यूनतम आधार तयार पारेर अरू पार्टीबाट काँग्रेसमा प्रवेश गरेकाहरूले पनि अधिवेशनमा भाग लिन पाउने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!