सिन्धुप्रेस, सुनकोशी ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

ठोकर्पाबाट काठमाण्डौं जाँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा २५ घाइते छन ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित ठोकर्पाबाट काठमाण्डौं जाँदै गरेको बस दुर्घटनामा २ जना बसले किचिएको थियो । उनीहरुको दुवैको मृत्यु भएको छ । अर्का १ जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

प्रत्यक्षदर्शी रबिन्द्र खड्काका अनुसार किचिएका दुई पुरुषको शव स्काभेटरले निकालेका थियोे । तर, प्रहरीले मृत्युबारे पुष्टी गरेको छैन ।

ठोकर्पाबाट काठमाण्डौं जाँदै गरेको बा ३ ख ८०३० नम्बरको बस सुनकोशी गाउँपालिका ३ स्थित थापागाउँमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्षकुमार बस्नेतका अनुसार घाइतेमध्ये १५ जनालाई धुलिखेल अस्पताल र ९ जनालाई सिन्धु सदावहार अस्पताल खाडिचौरमा उपचारका लागि लगिएको छ ।

बस सडकभन्दा करिब २५ मिटर तल खसेको हो । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!