सिन्धुप्रेस, मेलम्ची ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद बिकास समितिको आयोजनामा क्रिकेट खेलकुद सामग्री हस्तन्तरण एवं क्रिकेट प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

विगत ३ बर्ष लगातार जिल्ला स्तरिय क्रीकेट प्रतियोगिता गाँउपलिका को सक्रियतामा भईरहेकोमा कोरोना महामारिका कारण चौथो संस्करण हुन नसकेकाले उक्त प्रतियोगिताको लागि पालिका बाट बिनियोजित रकमलाई ८ ओटा वडा मा क्रीकेट बिकास को निम्ति क्रीकेट सामाग्री बितरण गरिएको कार्यक्रमका विशेष अतिथि तथा पूर्व अन्तर्राष्ट्रिय क्रीकेट तथा नेपाली टिमका पुर्ब सहायक प्रशिक्षक मनोज कटवालले जानकारी दिए ।

स्वास्थ्य मापदण्ड पालना गर्दै गाउँपालिकाको सभा हलमा कार्यक्रम सम्पन्न गरिएको थियो । साथै अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी ललित राजबंशी र पूर्व सहायक प्रशिक्षक मनोज कटवाललाई नगद सहित सम्मानित भए । क्रीकेट बिकासमा गरेको योगदानको कदर गर्दै नेपाल पुलिस क्लब क्रीकेट टिम सदस्य बिजय कुमार धिताल लाइ पनि नगद सहित सम्मान गरिएको थियो ।

पाँच पोखरी थाङ्पाल गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारिको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । पालिका भित्रका ८ ओटा वडाहरुलाई क्रिकेट सामग्री वितरण गरिएको कार्यक्रम सन्चालक अभियान्ता अजय धितालले जानकारी दिनुभयो ।

उक्त क्रीकेट खेल सामाग्री वितरण कार्यक्रममा नेपाल क्रीकेटका सहायक कोच मनोज कटुवाल र अन्तर्राष्ट्रिय क्रीकेट खेलाडी ललित नारायण राजबंशीले खेलाडीहरुलाई आफ्नो खेल जीवनको अनुभव सुनाउनु भएको थियो । साथै सम्मान सहित प्राप्त नगद तिनै जनाद्वारा पाँच पोखरी थाङपाल गाउँपालिका भित्र रहेको कुनै एक विद्यालयलाई क्रीकेट खेल विकासका लागि हस्तान्तरण गर्ने घोषणा गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!