सिन्धुप्रेस, मेलम्ची ।
मेलम्ची ७ दुवाचाैर सेल्लेकाे करिव ७० मिटर बाटाे बनाउनमा वडाले आनाकानी गर्दा स्थानियहरू यातायात बाट बन्चित भएका छन । जम्मा ७० मिटर बाटाेमा ग्रावेल गरेमा बाटाे सुचारू भई सयाै मानिसलाई सुविधा हुने कुरामा पनी वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले चासाे नदेखाएकाे पाईएकाे छ ।

सेल्लेकाे उक्त बाटाे बनाउनकाे लागि वडाले नगरकाे मुख ताकिरहेकाे छ र नगरले पनि ठेकेदारले बनाउनुपर्ने भनेर पन्छिएकाे छ । “हामीले नगरमा कुरा राख्याैँ, नगरले रकम उपलब्ध नगराउने र ठेकेदारले साे सडक बनाउनुपर्ने कुरा गरेकाे छ” , मेलम्ची ७ का वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले भने ।

सिन्धुप्रेस संग कुराकानी गर्दै श्रेष्ठले उक्त बाटाे वडाले नबनाउने र जसरी पनि ठेकेदारले बनाउनुपर्ने बताए । जम्मा ७० मिटर बाटाे नबन्दा पाल्चाेक, ककनी, शेर्माथाङ, बासखर्क , बरूवाका स्थानियहरू घण्टाै हिड्न बाध्य भएका छन ।

सडकमा राजनिति भएकाे कारण जम्मा ७० मिटर बाटाे बन्न नसकेकाे भन्दै सामाजिक सन्जालमा टीका टिप्पणी भएका छन । दुवाचाैरकाे बाटाेकाे फाेटाेहरू सिन्धुप्रेसले सामाजिक सन्जालमा पाेष्ट गरेपछि स्थानियहरूले उक्त प्रतिकृया दिएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!