सिन्धुप्रेस, काठमाण्डाै ।
नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको अनशन तोडिएको छ। नेताहरु कृष्ण सिटौला, रमेश लेखक, डा मिनेन्द्र रिजाल सानेपा पुगेर जिल्ला सभापतिहरुको अनशन तोडेका छन्। सिन्धुपाल्चोक कांग्रेसका जिल्ला सभापति बिकास लामाका अनुसार जिल्ला सभापतिहरुको तीन बुँदे माग सम्बोधन हुने भएपछि उनीहरुले अनशन तोडेका हुन्।

सभापति लामा का अनुसार कृयाशिल सदस्य सर्बजनिक गर्ने र त्रुटि भएको ठाउँहरुमा सच्याउने, १ मात्रै निर्वाचन क्षेत्र भएको जिल्ला सभापतिले महासमिति सदस्यमा निर्वाचनमा भाग लिन पाउने भएसी हाललाई अनशन स्थगित गरि अधिबेशनमा लाग्ने तयारी गरेको उनले बताए।

शनिवार बिहान ११ बजे अनशन तोडाउने खबरले हिजोबाट बसेका जिल्ला सभापतिहरु दिउँसो ४ बजेसम्म अनशनस्थलमै बसेका थिए। कृष्ण सिटौला, रमेश लेखक, डा मिनेन्द्र रिजाल अनशन तोडाउन आउने भनिएको थियो। उनीहरु नआएपछि काठमाडौं जिल्ला सभापति सबुज बानियाँसहित उदयपुरका विदुर बस्नेत र संखुवासभाका दिपनकुमार श्रेष्ठले अनशन शुरु गरेका थिए।

शनिवार बिहान कांग्रेस नेता प्रकाशमान सिंहको निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुबीच जिल्ला सभापतिहरुले छलफल गरेका थिए। १४ औं महाधिवेशन संघारमा आए पनि क्रियाशील सदस्यता विवरण सार्वजनिक नगरेको भन्दै जिल्ला सभापतिहरुले बुधवारबाट तीन बुँदे माग राख्दै अनशन थालेका थिए। कांग्रेसले अहिलेसम्म ५३ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!