
सिन्धुप्रेस, मेलम्ची ।
मेलम्ची १२ बाहुनेपाटिको पुल सञ्चालनमा आएसँगै पाँचपोखरी गाँउपालिका मेलम्ची नगर र इन्द्रावती गाँउपालिका लगायत विभिन्न स्थानमा जानका लागि सहजता भएको छ ।
साउन १६ गते आएको बाढीले क्षति पुर्याएको बाहुनेपाटी पुल आज बाट सञ्चालनमा आएको मेलम्ची नगरपालिकाले जनाएकाे छ । यस्तै पाँचपोखरीको माथिल्लो भेग भोताङ,मानेखर्क, गुन्सा ,धाप ,तिपेनी लगायत स्थानमा यातायात सञ्चालनमा आएको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले जनाएकाे छ ।
त्यस्तै हेलम्बु गाउँपालिकामा पनि अवरुद्ध सडक सञ्चालनमा आएको छ । आज बाट हेलम्बुको इचोक, ग्रेट ट्रेल ,तार्तुङ,कुटुङसाङ लगायतको ठाउँमा यातायातका साधन चलाउन सकिने हेलम्बु गाउँपालिकाले बताएकाे छ ।
मेलम्ची नगरपालिकाको न्वारखोलामा पहिरोले अवरुद्ध सडक खुलाएदेखि हेलम्बुका विभिन्न ठाउँमा यातायातका साधन सञ्चालन गर्न सकिने भएकाे हाे ।
आजबाट बाहुनेपाटी पुल सञ्चालनमा आएको जनाउँदै अवरुद्ध सल्लेखोला छेउ र न्वारखोला छेउको बाटो खुलाउन पनि काम सुरु भएको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत कुमार धितालले जानकारी दिए ।
गत असार १ गते र त्यसपछि आएको बाढीका कारण सडक सञ्जालमा क्षति पुग्दा मानिसहरुलाई आवत जावतमा समस्या हुँदै आएको छ । चाडपर्व नजिकिएसँगै मोटरबाटो निमार्णको कामले तिव्रता पाँउदा र अवरुद्ध सडक सञ्चालनका लागि काम हुँदा स्थानियलाई सहज हुने भएकाे छ ।