सिन्धुप्रेस, नवलपुर

“नेपाली कांग्रेसलाई सशक्त र परीवर्तीत स्वरुपमा अघि बढाउनुु नै मेरो लक्ष्य हो । साँगठनकि रुपमा कांगे्रसलाई बलीयो बनाउन जिल्ला सभापतीको लागी दावेदारी प्रश्तुत गरेकोे छु ।”, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले कांग्रेस जिल्ला सभापति पदमा उम्मेद्वारीको घोषणा गर्दै सो कुरा बताएका हुन ।

मंगलवार इन्द्रावती वडा ४ को वडा अधिवेशन उद्घाटन गर्दै तामाङले जिल्ला सभापतिमा उम्मेद्वारी दिने बताएका हुन । जिल्लाको कांग्रेस बलीयो बनाउन वडा तहदेखी नै कांग्रेसमा सक्षम नेतृत्व आउनुपर्नेमा उनले जोड दिएका छन ।

गाउँपालिका राष्ट्रिय महासंघका महासचिवसमेत रहेका तामाङले आफूलाई जिल्लाका नेता तथा स्थानकार्यकर्ताको साथ रहेको बताएका छ । “सभापति बन्नका लागि योग्य पनि छु, पार्टीका अन्य अग्रज नेताहरुको सल्लाह पनि छ, पार्टीभित्रकै साथीहरुको चाहना र इच्छा बमोजिम नेतृत्वका लागि तयार छु,” तामाङले भने ।

सिन्धुपाल्चोक कांग्रेस नेतृत्व तहमा पूर्वसचिवसमेत रहेका तामाङ गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका जिल्ला अध्यक्ष झम्क नेपाललाई पराजित गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन । यसअघी जिल्ला तहमा रहेर काम गरेको अनुभव र पार्टीका नेता कार्यर्ताको साथ रहेकाले जिल्लामा आफुले बलीयो उम्मेदवार रहेको पनि उनले दावी गरे ।

कांग्रेसलाई एक ढिक्का बनाएर लैजानककोे लागी पनि कुसल नेतृत्व आवश्यक रहेको र त्यसको लागी आफ्नो नेतृत्व जिल्लाको लागी आवश्यक रहेको तामाङको दाबी छ । “कांग्रेसलाई एक ढिक्का र एकीकृत पार्टीको रुपमा अगाडि बढाउनु जिल्लामा कांग्रेसभित्र गुट र उपगुटको राजनीति अन्त्य गरी परवितर्तीत स्वरुपमा कांग्रेसलाई अघि बढाउनको लागी सभापतिको उम्मेद्वार हुन लागेको हुँ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!