सिन्धुप्रेस, मेलम्ची ।

नेपाली कांग्रेस मेलम्ची नगरपालकाको १४औं महाधिवेशन अन्तर्गतको सभापति पदमा युवा नेता प्रकाश दाहालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

“युवाको एकता, अग्रजको आर्शीवाद, यात्रा लोकतन्त्रको, गन्तब्य समाजवाद” भन्ने मुल नाराका साथ दाहालले सभापतिको उम्मेदवारी घोषणा गरेका छन् ।

राजनितिमा स्वार्थ भन्दा माथी रहेर इमान्दार भइ सक्रीय भुमिकामा रहनुनै आजको युवा पंक्तिको चाहाना र देशको आवश्यकता रहेको र विचारको राजनिति गर्न नेतृत्वमा युवाको सहभागिता आवश्यक रहेको भन्दै वडा तह देखिनै नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा युवाहरुको नेतृत्वमा दाबी पेश भइरहेको छ ।

सभापति पदमा बसन्त गुरुङ, रामशरण गिरी, प्रशान्त नेपाल र विष्णे घोरासैनीले पनि आ—आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सिन्धुपाल्चाेकमा असोज ९ गते हुने भनिएकाे पालिका अधिवेशन सरेकाे छ । प्राबिधिक कारणले अर्काे सुचना जारी नभएसम्मकाे लागि निर्वाचन स्थगित गरिएकाे जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चाेकले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!