सिन्धुप्रेस, मेलम्ची ।

राष्ट्रिय प्राजन्त्र पार्टीका केन्द्रीय अध्यक्ष पशुपती समसेर जवराले मेलम्चीमा पुल बनाउने घाेषणा गरेका छन ।

चन्द्र समसेरले मेलम्चीमा बनाएकाे झाेलुङगे पुल असारमा आएकाे बाढीले बगाएपछि मेलम्चीमा आवतजावत गर्न कठिन भएकाे छ ।

आफु मन्त्री हुँदा मेलम्चीकाे पुल बनाएकाे स्मरण गर्दै पुल बाढीले बगाएकाेमा दुख लागेकाे बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चाेक क्षेत्र नं २ प्रदेश क, ख र क्षेत्रिय अधिवेशन मेलम्चीमा बाेल्दै उनले उक्त कुरा बताएका हुन ।

साथै उनले मेलम्ची र याङरी क्षेत्रमा तत्कालै दशै लक्षित राहात बितरण गर्ने समेत घाेषणा गरे । मेलम्चीमा आएकाे बाढी बाट प्रभाबित लाई दशै लक्षित खाध्यान्न राहात बितरण गरिने भएकाे हाे ।

“काेभिडकाे समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सिन्धुपाल्चाेकमा महत्वपुर्ण भुमिका खेलेकाे छ, अरू पार्टीहरूले २,४ वटा अक्सिजनकाे सिलिन्डर बाेकेर फाेटाे खिचाए तर हामीले अक्सिजन उत्पादन गर्ने मेसिननै हस्तान्तरण गर्याैँ” राणाले भने ।

राप्रपा सधै जनताकाे साथमा रहेकाे पनि उनले बताए । साथै अबकाे चुनावमा सिन्धुपाल्चाेकमा राप्रपा अग्रस्थानकाे पार्टी बन्ने पनि उनले दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!