
सिन्धुप्रेस, नवलपुर ।
इन्द्रावती गाउँपालिका-४ नवलपुरका उदयमान युवा गायक तेज थिङ तामाङको आवजमा रहेको आखेले भन्छ हेर नाति नामक सेलो पप गित आज चर्चित गायक तथा सङ्गितकार प्रकाश तितुङको युट्युव च्यानल बाट सार्वजनिक गरिएको छ।
गायक तामाङ आफ्नै स्वर रहेको उक्त गितको भिडियो मा याङकी दोङ तामाङ ,अभिषेक लामा ,विशाल लामा र अनु बुढाथोकी ले अभिनय गरेका छन ।
राजेश आलेको निर्देशनमा रहेको उक्त गितको भिडियो को छयाकन भने नरेश आरियाल ले गरेका छन।
यो भन्दा अघि गायक तामाङले माथी माथी लेक मा धुपी को बोट नामक गित गाएर दर्शक को मन जितिसकेका छन।उनको यो दोस्रो प्रस्तुति हो।