सिन्धुप्रेस, मेलम्ची ।

मेलम्ची खोलामा बाढ़ी आएको ३ महिना पूरा भएको छ । तर सरकारले गर्ने भनेको काम पनि नहुँदा त्यहाँका जनताले सास्ती भोगिरहेका छन् । मेलम्ची खोलाले बगाएको पुल नबन्दा आवजावतमा समेत समस्या भइरहेको स्थानियहरूले बताएका छन ।

मेलम्ची खाेलामा आएकाे बाढीले पुल बगाएपछि सरकारले त्यस क्षेत्रमा तत्कालै बेलिबृज हाल्ने घाेषणा गरेकाे थियाे । तर अहिले सम्म पनि पुल नहुँदा बाढी प्रभाबित क्षेत्रका स्थानियकाे दैनिकि कष्टकर बनेकाे छ ।

हेलम्बुकाे चनाैटे र मेलम्चीमा बाढीले पुल बगाएपछि दर्जनाै केन्द्रीय नेताहरू अवलाेकनकाे लागि मेलम्ची गएर तत्कालै बेलिबृज स्थापना गर्ने वचन दिए पनि पूरा हुन सकेकाे छैन ।बाढी पछि बचेकाे मेलम्चीकाे झाेलुङगे पुल पनि जिर्ण बन्दै गएकाे छ ।

हेलम्बु र पाँचपाेखरीका स्थानियहरू घण्टाै हिडेर अत्यावस्यक सामाग्रीहरू खरिदकाे लागी मेलम्ची आईरहेका छन । नेपालीहरूकाे महानपर्व दशै नजिकिए सँगै उनिहरू सामान खरिदकाे लागि मेलम्ची आएका हुन । सामान खरिदकाे लागि पाँचपाेखरी थाङपाल गाउँपालिका बाट मेलम्ची आएकाे र झाेलुङगे पुल बाट सामान ओसारपसार गर्नकाे लागि कठिन रहेकाे राम बहादुर बञ्जाराले बताए ।

गत श्रावण २९ गते हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले १५ दिन भित्र चनाैटेमा बेलिबृज बनिसक्ने बताएका थिए । तर अझैपनि बन्न सकेकाे छैन । यता मेलम्ची नगरपालिकाले पनि पुल निर्माणमा कुनै चासाे देखाएकाे छैन । पुल नहुँदा यातायात ब्यबसायीलाई झनै समस्या थपिएकाे यातायात ब्यबसायी वीर बहादुर तामाङले बताए । मेलम्ची बाट बस बनाउने मिस्त्री लैजादा धेरै रकम लिने गरेकाे उनले बताए ।

सरकारले पुल बनाउने घोषणा गरेको करीब दुई महिना पुग्न लागेको छ । हालसम्म पनि कामको सुरसार देखिदैन । बेलिब्रिज नहाल्दा जनता जोखिमको यात्रा गर्न बाध्य छन् । हेलम्बु, मेलम्चीमा तत्काल हिम पाईप राखेर भएपनि यातायात सन्चालन गर्न सके हजाराै नागरिकले सुखकाे श्वास फेर्ने थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!