सिन्धुप्रेस, मेलम्ची ।

नेपाली कांग्रेसका महामन्त्री सशांक काेइरालाले सभापतीमा उमेदवारी दिने घाेषणा गर्दै आफुले जितेमा गुट उपगुटकाे अन्त्य गर्ने जनाएका छन । नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २, सिन्धुपाल्चाेककाे आयाेजनामा भएकाे शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बाेल्दै उनले उक्त कुरा बताएका हुन ।

आफु नेपाली कांग्रेसकाे केन्द्रीय सभापतीकाे लागि लड्ने काेइरालाले बताएका छन । आफुले जितेमा कृषि क्रान्ती ल्याउने र नेपालमै उत्पादन बढाउने उनकाे भनाइ थियाे ।

यता जिल्ला सभापति विकास लामाले शुभकामना दिँदै ९९ वडामा सम्पन्न भैसक्यो बाकी ४ वटा वडामा दशैंलगत्तै अधिवेशन गर्ने बताए। सभापति लामाले केन्द्रीय सदस्य मोहन बस्नेतलाई लक्षित गर्दै समायोजनको निर्देशिकलाई पूर्वमन्त्रीले लत्याएको र समायोजनमा समस्या आएको बस्नेतकै कारण लफडा आएको तर्क गरे।

कार्यक्रमकाे अवसरमा इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले अबकाे नेतृत्वले गुट र उपगुटकाे अन्त्यगर्ने बताएका छन । “अहिले देशै भरिबाट युवाहरू नेतृत्वमा आएकाे छ याे खुशीकाे कुरा हाे “, तामाङले भने । साथै उर्जावान र परिवर्तित नृतृत्व आजकाे आवश्यकता रहेकाे उनले बताए ।

शुभकामना आदानप्रदान कार्यक्रममा बाेल्दै सिन्धुपाल्चाेक जिल्ला क्षेत्र नं २ का क्षेत्रिय सभापती आईतमान तामाङले क्षेत्र नं २ मा नेपाली कांग्रेसकाे गुट नभएकाे बताएका छन । “हाम्राे क्षेत्रमा गुट छैन सिङगाे नेपाली कांग्रेस छ, क्षेत्र नं २ मा कांग्रेस एक छ”, तामाङले भने। केन्द्रीय सभापतीमा सशांक काेइरालालाई भाेट माग्ने र महामन्त्रीमा गगन थापालाई भाेट माग्ने पनि उनले जानकारी दिए ।

नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २, सिन्धुपाल्चाेककाे आयाेजनामा भएकाे शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रकाे सभापतीत्व सिन्धुपाल्चाेक जिल्ला क्षेत्र नं २ का क्षेत्रिय सभापती आईतमान तामाङ , प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री सशांक काेइराला र विशेष अतिथि नेपाली कांग्रेस सिन्धुपाल्चाेक जिल्ला सभापती बिकास लामा रहेका थिए ।

त्यस्तै अतिथिहरू पत्रकार महासंघका पुर्व सभापती तारानाथ दाहाल, बागमती प्रदेशका प्रदेशसभा सदस्य निमा लामा, इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङ , नेपाली कांग्रेस सिन्धुपाल्चाेक पुर्व जिल्ला सभापती भुपेन्द्र ब थापा लगाएत सयाैँकाे संख्यामा नेपाली कांग्रेसका कार्यकर्ताकाे सहभागीता रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!