सिन्धुप्रेस, नवलपुर ।

नेपाली कांग्रेस इन्द्रावती गाउँपालिका वडा नम्बर ४ कार्यसमिति ले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

आइतबार नवलपुरमा सिन्धुपाल्चोक कांग्रेसका सभापति बिकास लामाको प्रमुख आतिथ्य र इन्द्रावती -४ का वडा सभापति क्षेत्र बहादुर तामाङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कांग्रेस वडा सचिब विशाल तामाङले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रममा जिल्ला सभापति बिकास लामले कांग्रेस हरुको ठूलो चाड महाधिवेशन भएको बताए । लामले संगठनमा बुझेर लाग्न समेत कार्यकर्ता लाई आग्रह गरे। गलत गर्न पाइन्न कांग्रेसले सदाबहार न्यायपुर्ण भुमिका खेल्नुपर्छ ।युवाहरुलाई आर्कषित गराई सशक्त बनाई सङट्गठन लाई मजबुत बनाउन जरुरी रहेको सभापति लामाले बताए। बस्नेतकै कारण समयमै वडा अधिवेशन सम्पन्न हुन नसकेको लामाले जिकिर गरे। क्षेत्र सम्मको अधिवेशन तिहार अघि सकिने र तिहार पछि मात्रै जिल्लाको अधिवेशन हुने लामाले बताए ।

यता गाउँपालिका राष्ट्रिय महासङघका महासचिव एवम् इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले शुभकामना दिदै चाडपर्वको क्रममा कसैलाई दखल नपुर्याई चाडपर्व मनाउन आग्रह गरे। सरल र सहजीकरण ढङ्गले चाडपर्व मनाउन पनि तामाङले आग्रह गरे। गुट उपगुटमा नलागी एकता भएर लाग्न कार्यकर्तालाई उनले आग्रह गरे।

यता जिल्ला सचिब बिल बहादुर तामाङले जिल्लाको बाकी वडा अधिवेशन प्राविधिक समस्या आएकोले समयमै सबै वडामा सम्पन्न हुन नसकेको बताए र तिहार पछि लगत्तै अधिवेशन गर्ने बताए। सचिब तामाङले शुभकामना दिदै आउदो स्थानीय निर्वाचन लाई मध्यनजर गर्दै युवाहरु एकजमात भएर निर्वाचनमा जित हासिल गर्न सबैलाई आग्रह गरे।

चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा इन्द्रावती कांग्रेसका सभापति फुर्पा तामाङ, वडाध्यक्ष जगतमान ताल्चाभडेल, महिला नेतृ चित्रकुमारी श्रेष्ठ वडा सदस्य अस्टमाया तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!