सिन्धुप्रेस, मेलम्ची ।

मेलम्ची नगरपालिका वडा नं ६ र ७ का ४५ परिवारलाई दशै लक्षित राहात बितरण गरिएकाे छ । आज एक कार्यक्रमका बिच चामल, चिउरा, नुन, तेल, दाल लगायतका खाद्यान्न बितरण गरिएकाे हाे ।

पुर्व गृह राज्य मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बिष्णु बिक्रम थापा, प्रतिनिधि सभा क्षेत्र नं २ , प्रदेश सभा ख सिन्धुपाल्चाेकका सभापती रामवाबु लुइटेल, नेपाली कांग्रेस केन्द्रीय सुचना, सन्चार तथा प्रचार बिभाग सदस्य सागर श्रेष्ठ र समाजसेवी रामशरण गिरिकाे संयुक्त पहलमा उक्त राहात बितरण गरिएकाे हाे ।

कार्यक्रममा मन्तब्य राख्दै पुर्व गृह राज्य मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बिष्णु बिक्रम थापा ले नेपाली कांग्रेस जनतालाई दुख पर्दा सहयाेग गर्ने पार्टी भएकाे बताए । “हामीले ब्यक्तीगत रकम हालेर राहात लिएर आएका हाैँ, हामी अरू छुटेकाे ठाउँमा पनि राहात लिएर आउने छाैँ “, उनले भने ।

यस्तै प्रतिनिधि सभा क्षेत्र नं २ , प्रदेश सभा ख सिन्धुपाल्चाेकका सभापती रामवाबु लुइटेलले चाडबाड नजिक आएकाेले थाेरै भएपनि चाडबाड बनाउन सहज हाेस भनेर राहात बितरण गरिएकाे बताए । बिपदमा नेपाली कांग्रेस साथमै छ भन्ने सन्देश जावस भन्न चाहेकाे उनले सुनाए ।

आफुले पाँचाै पटक राहातकाे लागि घर दैलाेमा आएकाे र जनताकाे दुखमा साथ दिएकाे नेपाली कांग्रेस केन्द्रीय सुचना, सन्चार तथा प्रचार बिभाग सदस्य सागर श्रेष्ठले जानकारी दिए । उनले भने “असार १ पछिकाे लगातार आएकाे बाढी पछि राहात बितरण गर्न आएका छाै, दुवाचाैरमा ठुलाे क्षती भएता पनि कसैकाे सहयाेग नआएपछि हामी राहात लिएर आएका हाैँ ” । बाढीले आक्रान्त भएकाे बेलामा सानाे सहयाेग पनि ठुलाे याेगदान हुनसक्ने श्रेष्ठले धारणा राखे ।

राहात पाएपछि स्थानिय खुसी भएका छन । “खाेलाकाे छेउकाे घर लग्याे, हाम्राे सबै खेत लग्याे” मेलम्ची ६ कि शुभलक्ष्मी सिग्देलले भनिन् । उक्त राहातले दशै मनाउनमा ठुलाे सहयाेग पुग्ने उनले बताइन ।

ग्याल्थुममा फड्के पुलकाे उद्घाटन

हेलम्बु गाउँपालिका ४ र ३ जाेड्ने फड्के उद्घाटन भएकाे छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व गृह राज्य मन्त्री बिष्णु बिक्रम थापाले आज साे पुलकाे उद्घाटन गरेका हुन । असार १ गते आएकाे बाढीले पुल बगाएपछी हेलम्बु ३ का स्थानियलाई आवतजावतमा असहज भएकाे थियाे । अहिले पड्के उद्घाटन भएपछि स्थानिय खुसी भएका छन । पहिला २ घण्टा हिडेर हेलम्बु ४ मा जान पर्ने बाध्यता थियाे तर अहिले पुल बनेपछि सुखकाे महशुस गरेकाे हेलम्बु ३ का स्थानिय देब नारायण गिरिले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!