सिन्धुप्रेस, सिन्धुकाेट ।

शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सिन्धुकाेटमा सम्पन्न भएकाे छ । नेपाली कांग्रेस सिन्धुकाेट काठमाण्डाै सम्पर्क समितिकाे आयाेजनामा उक्त चियापान कार्यक्रम भएकाे हाे ।

नेपाली कांग्रेस सिन्धुकाेट काठमाण्डाै सम्पर्क समितिका सभापती मदुसुधन सिग्देलकाे सभापतित्व र प्रतिनिधि सभा क्षेत्र नं २ , प्रदेश सभा ख सिन्धुपाल्चाेकका सभापती रामवाबु लुइटेलकाे प्रमुख आतिथ्यतामा चियापान कार्यक्रम भएकाे हाे ।

सिन्धुकाेट काठमाण्डाै सम्पर्क समितिकाे आयाेजनामा भएकाे चियापान कार्यक्रमका विशेष अतिथि नेपाली कांग्रेस मेलम्ची नगर समिति सभापती मधुसुदन सिग्देल रहेका थिए ।

कार्यक्रममा मन्तब्य राख्दै प्रतिनिधि सभा क्षेत्र नं २ , प्रदेश सभा ख सिन्धुपाल्चाेकका सभापती रामवाबु लुइटेलले ब्यक्तिगत गरेकाे कुरामा पार्टीका बिवाद नकिकाल्न सबैलाई आग्रह गरे । “दुख परेकाे बेला हामीले सबै मिलेर सहयाेग गराै, म एक्लै छु , पार्टीमा लागेर के हुन्छ भनेर नआतिनुस हामी सबै साथमा छाैँ “, उनले आस्वासन दिए ।

सभापती लुइटेलले आफुले बनाएकाे भवन पार्टी कार्यालयकाे रूपमा आजै हस्तान्तरण गरेका छन । मेलम्ची ५ सिन्धुकाेटका नेपाली कांग्रेस वडा कार्यसमिति सभापती ताेक लामा लाई आज साे भवन लुइटेलले हस्तान्तरण गरेका हुन । “म मेराे ब्यक्तिगत रूपमा मेराे भवन लाई पार्टी कार्यालयकाे रूपमा दिनेछु , याे मेराे पार्टी प्रतीकाे याेगदान हाे”, उनले भने ।

शुभकामना मन्तब्यकै क्रममा नेपाली कांग्रेस मेलम्ची नगर कार्यसमिति सभापती मधुसुदन सिग्देलले राजनैतिक धर्म नताेडी काम गर्दा सबैकाे हित हुने बताए । स्वार्थकाे लागि नभइ मनैदेखि काम गर्ने लाई पार्टीकाे अग्र स्थानमा ल्याउनुपर्ने सिग्देलले धारणा राखे ।

हरेक संकट आउँदा नेपाली कांग्रेसले देशकाे नेतृत्व गरेकाे नेपाली कांग्रेस मेलम्ची ५ का वडा सभापती ताेक लामाले बताए । आउँदाे चुनावमा नेपाली कांग्रेसले सिन्धुकाेटमा झण्डा फहराउँने पनि उनले दाबी गरे ।

यता पुर्व वडा अध्यक्ष तथा नेपाली कांग्रेसका जेष्ठ सदस्य लुमडी प्रसाद खतिवडाले राेहिडिकाे पालाकाे कांग्रेस अहिले सक्रिय नभएकाे भान भएकाे बताए । “किन कांग्रेस अहिले खस्कियाे ? भाषण गर्ने बेलामा अघि आउने चुनावमा किन पराजित हुन्छ ? काे बाट कसरी घात भयाे यसकाे समीक्षा गर्नुपर्छ “, उनले भने ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य कृष्णजंग रायामाझी, मेलम्ची ५ सिन्धुकाेटका वडा अध्यक्षका प्रत्यासी राजेन्द्र सिग्देल, नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधिहरू, क्रियासिल सदस्यहरू लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!