सिन्धुप्रेस, सिन्धुकाेट ।

विजया दशमीकाे अवसर पारेर मेलम्ची ५ सिन्धुकाेटमा मित्र मिलन समाराेह गरिएकाे छ । हरेक बर्ष नवमीका दिन मित्र मिलन समाराेह गरिँदै आइएकाे छ ।

याे बर्ष सिन्धुकाेटका पुर्व वडा अध्यक्ष लुमडी प्रसाद खतिवडाले उक्त समाराेहकाे आयाेजना गरेका हुन । सबैकाे आत्मियता साट्न साे कार्यक्रम गरिएकाे खतिवडाले जानकारी दिए ।

सम्मान गर्न पर्ने ब्यक्तिलाई सम्मान गर्ने र समाजलाई एकीकृत गर्न तथा समाजमा भड्किएका कुरालाई हटाएर एकता कायम गर्न मित्र मिलन कार्यक्रमकाे शुरूवात गरिएकाे श्री सिन्धु पुरानागाउँ माबिका प्रअ कुमार प्रसाद खतिवडाले जानकारी दिए ।

२०६१ सालकाे दशै बाट सिन्धुकाेटमा मित्रमिलन समाराेहकाे शुरूवात गरिएकाे थियाे । बि.स २०५२,५३ साल देखि समाजमा द्वन्दकाे कारण अस्थिरता भएकाे थियाे । द्वन्दले घरमा बस्न नपाएका र बिदेशमा गएका सबै ब्यक्तीलाई एक ठाउँमा भेला गराएर भाईचाराकाे सम्बन्ध बिस्तार गर्नकाे लागि यस्ता कार्यक्रम गर्ने गरिएकाे आयाेजक द्वारा जानकारी गराइएकाे थियाे ।

अनुहार परिचित गर्न र अनुहार साटासाट गर्नकाे लागि याे कार्यक्रम गर्ने गरिएकाे समाजसेवी मधुसुदन सिग्देलले जानकारी दिए । यस्ता कार्यक्रमलाई राजनैतिक आंखाले नहेरी सिन्धुकाेटका सबै ब्यक्तिहरू सहभागी हुनुपर्ने र बर्ष दिनमा एकपटक भएपनि आपसमा आत्मियता साटासाट गर्दा सकारात्मक समाज बनाउनमा टेवा पुग्ने सिग्देलले बताए ।

हरेक बर्ष गाेलाप्रथा बाट असल मित्र चयन गर्ने गरिएकाे छ । गाेलाप्रथा गर्दा २०७९ सालकाे लागि श्याम मणि सिग्देल असल मित्र बनेका छन । २०७९ सालमा याे बर्ष भन्दा पनि बृहत् कार्यक्रम गर्ने सिग्देलले जानकारी दिए । ७९ सालमा बृहत् सांस्कृतिक कार्यक्रम सहितकाे मित्रमिलन समाराेह हुने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!