रुपक पुरी, चाैतारा ।

जनताको घरदैलोमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने लक्ष्यका साथ मद्धत नेपालको सहयोग र नेपाली कांग्रेस सिन्धुपाल्चोकका सचिब झलक नेपालको पहलमा चौतारा साँगाचोकगढी नगरपालिकाको प्रत्येक वडामा स्वास्थ्य शिबिर सञ्चालन भएको छ ।

सोमबार चौतारा साँगाचोकगढी नगरपालिकाको दुर्गम गाउँ भनेर चिनिने वडा नं. ३ को खाले बतासेमा मद्धत नेपालको सहयोग र नेपाली कांग्रेस सिन्धुपाल्चोकका सचिब नेपालको पहलमा स्वास्थ्य शिबिर सञ्चालन भएको छ । स्वास्थ्य शिविरबाट २ सय ५० ले विभिन्न सेवा लिएका छन् । मँगलबार भने बतासेको किटीनीमा स्वास्थ्य शिविर हुने भएको छ ।

यसअघी चौतारा साँगाचोक गढी नगरपालिकाकै वडा नम्बर ४ को कुबिण्डे र वडा नम्बर ५ को गैरिगाउँमा मद्धत नेपालको सहयोग र नेपाली कांग्रेस सिन्धुपाल्चोकका सचिब नेपालको पहलमा दुई दिने स्वास्थ्य शिबिर सम्पन्न भएको थियो ।

दुई दिने सो स्वास्थ्य शिबिरमा ६०० भन्दा बढीले सेवा लिनु भएको थियो । अहिले सम्ममा सो नगरपालिका भित्र मात्रै १० ओटा भन्दा बढी वडामा स्वास्थ्य शिबिर सन्चालन भैसकेको छ । अहिले सम्ममा चार हजार भन्दा बढिले सेवा लिईसक्नु भएको नेता नेपालले जानकारी दिनुभयो ।

ग्रामीण भेगका दुःखी पिडित र कोभिडलाई लक्षित गरि सानो रोग लाग्दा पनि अस्पताल जान बाट बन्चित हुनु र सिटामोल धरी खानबाट बन्चित भैरहेकोले गाउँगाउँ गै जनताको सामु निशुल्क स्वास्थ्य शिबिर सन्चालन गरिएको नेता नेपालले बताउनु भयो । बाँकी रहेका वडामा पनी छिटोभन्दा छिटो शिविरको आयोजना गरिने नेपालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!