सिन्धुप्रेस, मेलम्ची ।

नेकपा एमाले मेलम्ची नगर कमिटीको पहिलो अधिवेशन उद्घाटन मेलम्चीमा सम्पन्न भएकाे छ ।

मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालकाे अध्यक्षता र नेकपा एमाले केन्द्रीय सदस्य गाेकर्ण बिष्टकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि विष्टले एमाले विभाजन नभएको भन्दै केही नेताहरु चोइटिएर गएको उल्लेख गरे । सचिव विष्टले एमालेलाई कमजोर पार्न प्रचण्डले ठूलो चलखेल गरे पनि सफल नभएको बताए ।

कार्यक्रममा पार्टीका केन्द्रीय कार्यालय सचिव एवम् केन्द्रीय सदस्य शेरबहादुर तामाङले एमालेलाई कुनै गुटको राजनीति गर्न नसुहाउने बताए । उनले गुटको राजनीति गर्ने र अरुको घोडा चडेर हिँड्नेहरु निस्किएर गएको उल्लेख गर्दै अब एकताबद्ध, निश्चल एमाले मात्रै रहेको बताएका छन ।

कार्यक्रममा पार्टीका नेताहरु सुभास कर्माचार्य, जिल्ला अध्यक्ष झम्क नेपाल, उपाध्यक्ष डोल्मा तामाङ, बागमती प्रदेश कमिटी सदस्य बालकृष्ण देउजा, कृष्ण गोपाल तामाङ, विजयकृष्ण श्रेष्ठ, नेपाल प्रहरी, पत्रकार लगायत सयाैंकाे संख्यामा एमालेका कार्यकर्ताकाे उपश्थिति रहेकाे थियो ।

आज हुने बन्द सत्रकाे अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । नगर कमिटी अध्यक्षमा उपेन्द्र तामाङ र विजयकृष्ण श्रेष्ठले दावी गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!