सिन्धुप्रेस, मेलम्ची ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसद शेर बहादुर तामाङले एमालेकाे नेतृत्वमा मेलम्ची पुननिर्माण हुने बताएका छन ।

नेकपा एमाले मेलम्ची नगर कमिटिकाे अधिवेशनकाे क्रममा शुभकामना मन्तब्य राख्दै उनले साे कुरा बताएका हुन ।

मेलम्चीमा दुई चार वटा ढुङगा पल्टाएर मेलम्ची पुननिर्माण नहुने तामाङले बताए । “मेलम्ची खाेलामा दुई चार ओटा ढुंगा पल्टाएर खाेला राेक्छु भन्दैछन त्याे दिवा सपना हाे “, उनले भने, ढुङगा पल्टाउँदैमा बाढी नै राेक्छु भन्दै छन ।

बाढीकै प्रसंगलाइ जाेड्दै उनले भने “हामीले छुटाईसकेकाे रकम समेत लागू नभइ याे सरकारले पुल निर्माण गरेकाे छैन “, भर्खरै चनाैटेमा बेलिबृज निर्माण शुरू भएकाे छ त्याे सकारात्मक हाे ” ।

अबकाे चुनावमा एमाले पुन सान्दारकाे साथ चुनाव जितेर आउने उनले दावी गरे । एमालेकाे सरकार आएमा सबै नेपालीकाे निशुल्क उपचार गर्ने पनि उनले आस्वासन दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!