
सिन्धुप्रेस, मेलम्ची ।
नेकपा एमालेका केन्द्रीय सदस्य गाेकर्ण बिष्टले अबकाे चुनावपछि नेकपा एकीकृत समाजवादीलाई टर्च बालेर खाेज्न पर्ने बताएका छन ।
नेकपा एमाले मेलम्ची नगर कमिटिकाे अधिवेशनमा बाेल्दै उनले उक्त कुरा बताएका हुन । समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक कार्यक्रममा नेकपा एमालेलाइ टर्च बालेर खाेज्नपर्ने बताएपनि बिष्टले साे प्रतिकृया दिएका हुन ।
“नेपालले अबकाे चुनावमा एमालेलाई टर्च बालेर खाेज्न पर्ने भन्नुभएछ तर नेकपा एकीकृत समाजवादीलाइ चुनाैतीका साथ भन्न चाहन्छु तपाईहरूलाइ चुनाव पछि टर्च वालेर खाेज्न पर्नेछ “, बिष्टलेले भने ।
पार्टी बिभाजित नभइ चाेइटिएर गएकाे उनले बताए । माधव नेपालले कुनै पनि हिसावले पार्टी बिभाजनकाे औचित्य प्रमाणित गर्न नसकेकाे उनले दावी गरे ।