सिन्धुप्रेस, नवलपुर ।

सिन्धुपाल्चोक जिल्लामा कार्तिक ३० गते सम्मका लागी सफ्ट लकडाउन गर्ने भएको छ । जिल्लामा कोरोना संक्रमितको बढ्दै गएपछि संक्रमणको रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यलयबाट यस्तो आदेश जारी भएको हो ।

साथै तिहारमा घर घरमा गइ देउसी, भैलो, नाटक, नाचगान जस्ता क्रियाकलाप पनि नगर्न आदेश दिएको छ । यस्ता क्रियाकलापहरुले संक्रमण थप बढाउन सक्ने भएकोले त्यस्ता गतिबिधिहरु नगन आदेश दिएको हो ।

सिन्धुपाल्चोक जिल्लामा कोभिङ–१९ माहामारीको संक्रमण बढ्न गई संक्रमितको संख्या ९ पुगेको कुरालाई मध्यनजर गर्दै संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार, मा.प को निर्णय संक्रामक रोग ऐन; २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी जिल्लाका सबै स्थानीय तहहरुमा soft lock down निषेधाज्ञाको शर्तहरु पूर्ण रुपमा पालना गर्ने गरी मिति २०७८÷०७÷१५ गते राती १२ः०० बजे देखि २०७८÷०७÷३० गते राती १२ः०० बजेसम्म निबेधाज्ञालाई निरन्तरता दिने निर्णय गरिएकोले उक्त अबधिभर देहाय अनुसार गर्नु गराउनुहुन सबैलाई अनुरोध छ ।

१. अनावश्यक रुपमा मानिसहरु जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुश गर्ने, जात्रा महोत्सब, भोज आदि नगर्ने÷नगराउने ।

२. यस अवधिमा पर्ने चाडपर्वहरु तिहार, छठ आदि, स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा परिवार भित्र मात्रै मनाउने ।

३. घर घरमा गएर खेलिने देउसी, भैलो, नाटक, नाचगान जस्ता कियाकलापले संक्रमण थप बढाउन सक्ने भएकोले त्यस्ता गतिबिधिहरु नगर्ने नगराउने ।

४. सर्वसाधारण व्यक्ति, समूह तथा संस्था लगायतका निकायहरुबाट आर्थिक, सामाजिक तथा व्यवसायिक गतिबिधिहरु संचालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर मात्र गर्ने ।

५, होटल व्यवसायहरुमा पूर्णरुपमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने ।

(६. स्थानीय तहहरुले आ–आफ्नो क्षेत्र भित्र कोभिड–१९ संक्रमण जोखिमको अवस्था मूल्याकगन गरी निरेधाज्ञा थप भएमा सो को लागि जिल्ला कोभिड–१९ व्यवस्थापन समितिमा स्मार्ट लकडाउन कार्यबिधि २०७८ बमोजिम सिफारिस गर्ने ।

जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकबाट जारी आदेशमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!