सिन्धुप्रेस, भदाैरे ।

सिद्वेश्वरी युवा क्लव द्वारा आयाेजित सिन्धु भ्याली स्तरीय भलीबल प्रतियाेगिता २०७८ काे उपाधी मेलम्ची नगरपालिका २ ले जितेकाे छ ।

सिन्धु भ्याली स्तरीय भलीबल प्रतियाेगितामा ७ टिमकाे सहभागीता रहेकाे थियाे । जसमध्ये मेलम्ची २ पहिलाे, थकनी युवा क्लब दाेस्राे र न्यु फ्याफुल्ला युवा क्लबले तेस्राे स्थान हासिल गरे ।

पहिलाे, दाेस्राे र तेस्राे हुने टिमले क्रमश पन्ध्र हजार, दस हजार र पाँच हजार पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र हाँसिल गरे । यस्तै कार्यक्रमकाे उत्कृष्ट खेलाडीकाे उपाधी जंग बहादुर तामाङले प्राप्त गरे । उनले १००० सहित मेडल प्राप्त गरेका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले खेल मैदानकाे लागि सहयाेग गर्ने प्रतिबद्वता ब्यक्त गरेका छन । खेल मैदानकाे प्रस्तावना सहित गएमा १५ देखि २० लाख सम्मकाे बजेट नगरपालिका बाट विनियाेजन गर्ने अर्यालले बताए ।

सबैकाे सहयाेगमा कार्यक्रम भब्य रूपमा समापन गर्न सकिएकाे क्लबका अध्यक्ष ध्रूव प्रसाद ढकाल ले जानकारी दिए । आगामी दिनमा पनि यस्तै साथ र सहयाेगले मात्र क्लव अघि बढ्न सक्ने उनले बताए ।

मेलम्ची नगरपालिकाका प्रमुखले बजेट बिनियाेजन गर्ने बताए संगै आस पलाएकाे क्लबका सचिव राजेन्द्र ढकालले बताए । बजेट प्राप्त गरेर खेल मैदान बनेमा सिन्धुभ्यालीमा राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुन सक्ने ढकालले बिस्वास ब्यक्त गरे । साथै आगामी दिनहरूमा क्लबले झनै सकृयताका साथ काम गरेर समाज याेगदान दिँदै जाने उनकाे भनाई थियाे ।

हाजाे १८ गते शुरू भएकाे कार्यक्रम आज १९ गते समापन भएकाे हाे । सिद्वेश्वरी युवा क्लवका अध्यक्ष ध्रूव प्रसाद ढकाल काे सभापतीत्व र मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालकाे प्रमुख आतिथ्यतामा कार्यक्रम समापन भएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!