
सिन्धुप्रेस, नवलपुर ।
नेपाली कांग्रेस इन्द्रावती गाउँपालिका -४ का सभापति क्षेत्र बहादुर तामाङले आफ्नो जन्मदिन गाउँपालिका को वडा नं ५ मा रहेको मदर सिस्टर नेपाल बालगृहमा मनाएका छन।
जन्मदिनको अवसरमा तामाङले बालगृहमा रहेको बालबालिका लाई आवश्यक खाद्यान्न सामाग्री वितरण गरेका थिए। खाद्यान्नमा १० बोरा चामल, १ बोरा दाल, १ बोरा आलु वितरण गरेको बालगृहकि संचालक मिना थापाले जानकारी दिइन । बालगृह मा ३५ जना बालबालिका छन ।
त्यहा रहेको बालबालिका लाई खाद्यान्न अभाव देखिएपछि तामाङले संचालिक थापा संग समन्वय गरि खाद्यान्न वितरण गरेका हुन।
३९ वर्ष प्रवेश को अवसरमा तामाङले जन्मदिनमा फाचुल खर्च गर्नु भन्दा अनाथ बालबालिका लाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे। साथै आगामी दिनमा पनि यस बालगृहमा थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाए। तामाङ युवा सजगता अभियान सिन्धुपाल्चोकका अध्यक्ष एवम् इन्द्रावती गाउँपालिका तामाङ घेदुङका अध्यक्ष समेत हुन।
तामाङको जन्मोत्सव मा इन्द्रावती गाउँपालिका अध्यक्ष एवम् गाउँपालिका राष्ट्रिय महासङघका महासचिव बंशलाल तामाङ, कांग्रेस जिल्ला सचिब बिल बहादुर तामाङ लगायत नेताहरु उपस्थित भएका थिए।