सिन्धुप्रेस, चाैतारा ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चाेकले गरेकाे निर्णय नै आधिकारिक भएकाे आज एक विज्ञप्ती जारी गर्दै जिल्ला सभापती बिकाश लामाले कसैलाइ पनि भ्रममा नपर्न आग्रह गरेका छन ।

बिज्ञप्तीमा भनिएकाे छ, प्रस्तुत विषयका सम्बन्धमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको कार्तिक २४ गते केन्द्रीय प्रतिनिधि देवेन्द्र कोईराला समेतको उपस्थितिमा सम्पन्न ५१ औं बैठकले गरेकाे निर्णय नै आधिकारीक हाे । सामाजिक सञ्जालमा भ्रम फैलाएकाे पनि बिज्ञप्तीमा भनिएकाे छ ।

आसन्न स्थानीय तहको अधिवेशन सम्बन्धमा गरेको निर्णयका विषयलाई लिएर केही व्यक्तिहरुले गलत मनसाय राखी सामाजिक सञ्जालमा आधिकारिक नभएको भनि भ्रम फैलाएको पनि सभापती लामाले जारी गरेकाे बिज्ञप्तीमा जनाईएकाे छ ।

कसैलाई पनि भ्रममा नपर्न नेपाली काँग्रेसका सम्पूर्ण प्रतिनिधिहरुलाई लामाले आग्रह गरेका छन ।

साथै नेपाली काँग्रेस सिन्धुपाल्चोकको अधिवेशन जिल्ला कार्यसमितिले तोकेको मितिमा सम्पन्न हुने व्यहोरा समेत विज्ञाप्त मार्फत जानकारी गराइएकाे छ ।

सिन्धुपाल्चाेकमा वडा अधिवेशन २०७८ कार्तिक ३० गते, पालिका अधिवेशन २०७८ मंसिर ५ गते, प्रदेश क्षेत्र अधिवेशन २०७८ मंसिर ८ गते र क्षेत्रीय अधिवेशन २०७८ मंसिर १२ गते हुने नेपाली कांग्रेस जिल्ला सभापती बिकाश लामाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!